नागरिक पोष्ट News


सन्तोष तिवारीको कथा हिरासत

4.5K

कथा हिरासतको नामबाट शिर्षकमा लेखिएको छ , यो प्रारम्भ हुन्छ घर देखि सडकबाट प्रहरी हिरासतसम्म, विहानीको चिसो याममा, एक सचालक व्यवसायी पत्रकार जे भने पनि काथका ं मुख्य पात्र हुन्, उनी विहान करिब ९ः०० बजे घरबाट आफ्नो काममा निस्कन्छन् फेदी–साँखु हुदै चावहिलसम्मको यात्रा सफलताका साथ पुरा हुन्छ, चावहिल चोक पुगेकै बेला एक साथीको कल आउछ । सन्तोष जी सुकेधारमा भेट गरौं म हुन्छ हवस् भनि यूटर्न लिई बाइक चोकबाट सुकेधारा तिर लैजादै गरेको हुन्छ । जब सुकेधारा पुग्छु, साथी १० मिनेटमा आइपुग्छु भन्छन् तब म उही साथीको पर्खाईमा रहन्छु काही कतैबाट कसैले मेरो मोबाइल नम्बर टयाक « गरी पिछा गरिरहेको हुदो रैछ, तर म त्यस विषयमा अनभिज्ञ हुन्छु, मलाई केही थाहा हुदैन । उक्त साथीलाई थाहा हुन्छ, मलाई भाग भन्नु हुन्छ । तब म जवाफ दिन्छु मेरो गलती के छ । कसुर क हो । यत्तिकैमा े फोन काटिन्छ । दुई सिभिलवाला आइ, बाइक कसको भनी सोध्छन ् । म त्यही छेउमा कल गर्दै गरेको हुन्थे, गाडी जाम भएको हुन्छ । मैले उहाँहरुलाई खलासी  भन्ठान्थेँ । मैले मेरो बाइक हो भनि साइड लगाउन खोज्ये तर उहाँहरु अलमल्ल पर्नु हुन्थ्यो र दोहो¥याएर नम्र स्वरमा तपाइकै हो भनि पूर्ण मिठास स्वरले सोध्नु हुन्थ्यो मैले फेरी भने यो मेरै बाइक हो । एक छिन उहाँहरु चकित बन्नु हुन्छ केही समय पछि म आफै चकित हुन्थे किन भने उहाँहरुले हामी सिआइडी हौं तपाईलाई सुराकीको आधारमा शंकाको घेरामा राखिएको छ । सोधपुछ गर्नु पर्छ तपाईलाई महाराजगञ्ज चौकी लगिन्छ । मैले उत्तर खोज्छु किन र ? त्यो तपाईलाई नै थाहा छ । उहाँले जवाफ दिनु हुन्छ तर मलाई चित्त बुझेन केही कारण त हुनुपर्छ  । विहान करिब ११ः४५ – १२ः० बजेको हाराहारीमा मलाई प्रहरी चौकी लगियो एकछिन त्यहा उभ्याइयो र डेढ दुई घण्टा पश्चात् भित्र थुनियो । वास्तवमा भित्र थुनिनुपर्ने नै सोधपुछ रहेछ । 

चार दिवारले घेरिएको त्यो जेल, कैदीहरुको अत्याहत एकछिन त डरै लाग्यो । तर केही छिनमै सबै साथी बने, त्यो दिन कालो बादलले ढाकेर अँध्यारो बनाएको दिन रहेछ मेरो लागि । मिति २०७७।०८।०५ गते एक सच्चा इमन्दार निर्दोष एक व्यवसायी सञ्चालक लेखक तथा पत्रकार पनि अन्जानमा एक अपराधि कैदी र झुठो मुद्दाको केशमा मुछिनुपर्दा ठूलै अपराधी भएजस्तो महसुस भयो । करिब १९ रातका ति पलहरु सम्झदा दुःख लाग्छ । देशमा राज्यमा यस्तो सुरक्षा निकाय किन कमजोर देखिन्छ र न्यायिक निकाय मौन किन ? लोकतन्त्रको देश, संघिय गणतन्त्रको देश, प्रजातन्त्रको देश, अनेकौ नामले चिनिने देश, आज आएर किन यस्तो भयो । मानव स्वतन्त्रता खोइ, मानव अधिकारको संरक्षण खोइ, कुनै पनि व्यक्ति वा नागरिकले आफूलाई चित्त नबुझेका कुरा गर्न पाउनु र विरोध गर्नपाउनु उसको अधिकार हो । यदि जायज माग छ भने राज्यले त्यो मागलाई सम्मान गर्नु पर्छ । कुनै राजनीति दलमा लाग्नु, सान्त्वना दिनु समर्थन गर्नु भन्ने कुरा संविधानमा नै उल्लेख गरिएको छ । हो तर राजनीतिको आडमा अपराध भने गर्नु हुदैन यदि गरेमा सजाय पाउनु पर्छ, त्यो स्विकार गर्नु पनि पछ । तर्र  एक विना अपराधको व्यक्तिलाई थुनामा राख्नु पनि त अपराध हो नि ? होइन र । तर जे होस् जेल बस्नु पनि एउटा व्यवहारिक अध्ययन नै हो रै छ । आफू स्वयंले जुन किसिमको भोगाई जेल भित्रबाटै अनुभव गर्न पाएको थिए बाहिरी समाजमा आउँदा त्यो कमै थियो होला । विभिन्न केशमा मुछिएका अपराधिहरु त्यहाँ भेटिदा त्यो जेल नभई अपराधिको संगठन खोलिने कार्यालय जस्तो लाग्दथ्यो । हिरासतमा रहँदाको अवस्था दुई दिन सम्म भित्र ठिकै लाग्थ्यो तर जब हातमा हतकडी लगाएर अदालत र सिडिओसम्म लगिन्थ्यो तब मन देखि नै रुन मन लाग्थ्यो । तर के गर्नु म विवश थिए । अन्धो कानूनको अगाडि मेरो केही लाग्दैन थियो । भेडा बाख्रा जस्तो हथकडी लगाएर गाडीमा, सडका ओहोर दोहोर गराउँदा आफूले आफूलाई धिक्कार्न थाले आफ्नो आत्मसम्मानलाई आफैले गाली गरे, मानव स्वतन्त्रता र मानव अधिकारको सम्झना गरे तर के गर्नु आफ्नो नैतिक पतन गुमेको आफैले सहन सकिएन ।

न्यायको लागि देशकै प्रतिष्ठित न्यायालय सर्वोच्च अदालतसम्म पुग्न बाध्य प¥यो । 

यदि कुनै व्यक्तिले जघन्य अपराध गरी मृत्युको मुखमा पुगेको सजाय सुनाए पनि उसको त्यो मृत्युको अन्तिम घडी वा एक सेकेण्ड समय रहँदा पनि उसको मानव अधिकार हनन गर्न पाइन्न । तर आजको अन्धाकर र स्वार्थ समाजमा कानून, न्याय, मानवतावादी चिन्तन सोच सकारात्मक विचार र धारणाको केही पनि झल्को पाइदैन । यसको मुख्य कारण अयोग्य नेतृत्व र अज्ञानी प्रशासन हो । जेल रहले जाने ठाउँ होइन, र अपराध गरेर मात्र जाने ठाउँ पनि होइन रै छ । निर्दोष, इमान्दार र केही गल्ती नगरी विभिन्न बहानामा अपराधी बनाएर पनि जेल लगिदो रहेछ । यो वास्तविक र सत्य घटना हो । यसको ज्वलन्त उदाहरण म आफू स्वयं हो । यदि मेरो देशमा मैले न्याय खोजे भने सायद न्याय मलाई मिल्न सक्ने सम्भावना कम नै होला । म सर्वोच्चको आदेश पश्चात जेलबाट रिहाई हुनु यो मेरो न्याय होइन । मलाई न्याय दिनु छ भने, निर्दोष भएर पनि अपराधिको सजाय पाउनु प¥यो । मेरो आत्मसम्मानमा कहिल्यै नमेटिने चोट लाग्यो १९ दिन सम्म थुनिएका ति दिनहरु (मिति २०७७।८।१८ र १९ गते) मेरो मानसिक तनाव वृद्धि भएको हरेक रात आँखाबाट झरेका ति निर्दोष आँसुहरु यहाँसम्मकी मेरो न्याय भनेकै मेरो भूत वर्तमान र भविष्य फिर्ता गरिपाउँ भन्ने नै मेरो न्याय हो । 

Must View