नेपाल सरकार र विश्व बैंकले संयुक्त रुपमा १७ अर्ब ४६ करोड रुपैयाँ बराबरको ‘नेपाल अर्बन गबर्नेन्स एन्ड इन्फ्रास्टक्चर परियोजना’ सार्वजनीक गर्यो
काठमाडौं, १४ माघ । नेपाल सरकार र विश्व बैंकले संयुक्त रुपमा १७ अर्ब ४६ करोड रुपैयाँ बराबरको ‘नेपाल अर्बन गबर्नेन्स एन्ड इन्फ्रास्टक्चर परियोजना’ सार्वजनीक गरेका छन्। आज शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह र विश्व बैंकको माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि अपरेसन म्यानेजर लडा स्ट्रेकोवाले संयुक्त रुपमा उक्त परियोजना सार्वजनिक गरेका हुन ।
चार वर्षे यो परियोजनामा विश्व बैंकले लगानी गर्नेछ। परियोजनाले दिगो शहरी विकासलाई प्रवर्द्ध गर्नुका साथै नेपालका सहायक शहरहरुमा कोभिड–१९ ले पुर्याएको आर्थिक क्षतिलाई सुधार गर्न उपयोग गरिने छ ।
परियोजनाका लागि छनोट भएका १७ नगरपालिकाहरु दुई रणनीति क्लस्टर पूर्वी र पश्चिम क्षेत्रमा छन्। पूर्वी क्षेत्रमा प्रदेश १ र २ पश्चिमी क्षेत्रमा गण्डकी र लुम्बिनी प्रदेश रहने छन् । छनोट भएका नगरपालिकाहरु नेपालको आर्थिक विकासका साथै व्यापारिक र प्रशासनिक क्रियाकलापका हिसाबले महत्वपूर्ण रहेको विश्व बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।