नागरिक पोष्ट News


नेपाली काँग्रेसले ओलीको प्रतिगमनका विरूद्ध देशैभरीका पालिका स्तरिय विरोध सभापछि वडास्तरीय आन्दोलन सुरु

1.6K

 काठमाडौं । नेपाली काँग्रेसले ओलीको प्रतिगमनका विरूद्ध देशैभरीका पालिका स्तरिय विरोध सभापछि वडास्तरीय आन्दोलन सुरु गरेको छ । सोही निर्यायअनुसार तारकेश्वर नगरपालिका वडा नं. ९ मा नेपाली काँग्रेस वडा कार्यसमितिको आयोजनामा आज मनमैजु परिसरमा भएको विरोध सभामा पूर्व रक्षामन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय नेता भीमसेनदास प्रधानले सम्बोधन गरेका थिए । प्रधानले ओली सरकारको आलोचना गरेका थिए ।

केपी ओलीले तत्काल संसद विघटन फिर्ता लिएर संसद पुनस्थापना गरेमात्र उनको अस्तित्व नेपाली राजनीतिमा रहने नेता प्रधानले बताए । विरोध सभा कार्यक्रममा सानुकाजी महर्जन, इन्द्रमान महर्जन लगायतका नेता तथा कार्यकर्ता सहभागी थिए ।

प्रधानमन्त्री केपि ओलिको अंसंबैधानिक र अलोकतान्त्रिक कदम विरुद्धको बिरोध कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाइदिएकोमा कंग्रेसका स्थानीय नेता इन्द्रमान महर्जनले सबैलाई हार्दिक धन्यवाद ब्यक्त गरे ।

 आजको कार्यक्रममा तारकेश्वर नगर सभापति श्रीराम थापा, काँग्रेसका महाधिवेशन प्रतिनिधि इन्द्रमान महर्जन ,कृष्णहरि महर्जनलगायत वडा स्तरीय नेता/कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । आज दिउँसो भएको कार्यक्रममा करिव ३०० जना नेता/कार्यकर्ताको उपस्थिति रहेको बुझिएको छ । ओली सरकारले गरेको असंवैधानिक तथा अलोकतान्त्रिक कदमको बिरोधमा नेपाली काँग्रेसले केही दिनदेखि नै निरन्तर रूपमा सङ्घर्ष गर्दै आइरहेको छ ।

Must View