नागरिक पोष्ट News


कृषि क्षेत्रतर्फको कर्जा गत आवको सोही अवधिको तुलनामा १२ प्रतिशतले

1.3K

काठमाडौं, १३ माघ । बैंक तथा वित्तीय संस्थाबाट कृषि क्षेत्रतर्फ प्रवाहित अन्य क्षेत्रको तुलनामा सबैभन्दा बढी रहेको छ । चालू आर्थिक वर्षको मंसिर मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा गत आवको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढेको हो ।

नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ३ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ३.७ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ५.९ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ९.२ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ७.० प्रतिशतले, विकास बैंकहरूको कर्जा प्रवाह ९.० प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ०.४ प्रतिशतले बढेको छ ।

मंसिर मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६६.३ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.१ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७६ मंसिर मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.७ प्रतिशत र १३.६ प्रतिशत थियो ।

Must View