नागरिक पोष्ट News


नागढुङ्गा-नौबिसे सुरुङमार्गको काम फाष्ट ट्रयाकमा, ३४ मिटर सुरुङ खनियो

1.7K

काठमाडौं । पछिल्लो समय काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोला जोड्ने सुरुङमार्गको निर्माण काम तीव्र गतिमा भइरहेको छ । केही हप्ता अगाडि स्थानीयहरुको अवरोधका कारण केही समस्या भएको सुरुङमार्गको काम पछिल्लो समय भने तीव्र गतिमा अगाडि बढेको हो ।

सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यका अनुसार अहिले कामले तीव्रता पाएको छ । उनका अनुसार अहिले सुरुङमार्गको पूर्व–पश्चिमबाट खन्ने, विभिन्न ठाउँमा पूल निर्माण गर्ने, ओभरपास निर्माण गर्ने, पहुँच रोड बनाउने लगायतका कामहरु भइहरका छन् ।

सुरुङमार्ग खन्न थाल्नेदेखि यसको फिनिसिङ गरेर पूर्णरूपमा सम्पन्न गर्नेसम्म सबै गरेर ४४ महिनामा यो आयोजना पूरा गर्ने योजना छ। सन २०२२ को अन्तिम सम्ममा निर्माण सम्पन्न गर्नुपर्ने यो सुरुङमार्ग कोभिडका कारण प्रभावित भएपछि सुरुङ खन्ने काम ढिलो गरी शुरु भएको थियो ।

२ दशमलव ७ किलोमिटर लम्बाई रहेको यो सुरुङमार्गमा लागत २२ अर्ब हुने अनुमान गरिएको छ । गत वर्षको कात्तिक ४ गते प्रधानमन्त्री ओलीले शिलान्यास गरेपनि मुआब्जा विवाद, विष्फोटक पदार्थको आयातमा भएको ढिलाई र कोभिडका कारण निर्माण उपकरण आयातमा भएको ढिलाईका कारण १४ महिना ढिलो गरी निर्माण कार्य शुरु भएको हो ।

Must View