नागरिक पोष्ट News


डब्लु आई सिटी (W ICT) द्धारा एक दिने डिजिटल नलेज शेयर कार्यक्रम आसारा सुधार केन्द्रमा सम्पन्न

2.6K

- सबु बस्नेत 

काठमाण्डौँ ।  क्यान फेडेरेसन (Federation of Computer Association of Nepal) अन्तर्गत डब्लुआईसिटी (Women in ICT- WICT) को आयोजनामा मिति २०७७ साल माघ १२ गते एक दिने डिजीटल नलेज सेयरिङ वर्कसप आसारा सुधार केन्द्र रानीबारीमा सम्पन्न भएको छ ।  डब्लु आई सिटीको नलेज सेयरिङ वर्कसपमा विभिन्न निकायमा आबद्ध महिलाहरुले अहिलेको समयमा डिजिटल प्रविधिको प्रयोग र महत्व बारे सहभागिहरुलाई जानकारी गराएका थिए ।

 प्रभु म्यनेजमेन्टको डिजिटल फाइनेन्शेल सिनीयर अफिसर तथा डब्लु आई सिटीको सदस्य समेत रहेकी रिना क्षेष्ठले डिजिटल फाइन्नेशियल सम्बन्धी जानकारी दिदै आजको समयमा यस्तो प्रविधिको अधिकतम उपयोग गर्नुपर्ने बताउनु भयो । त्यस्तै गजबको प्रा लि को जनरल म्यनेजर साथै डब्लु आई सिटीको सदस्य समेत रहेकी अदिप्ती गुप्ता श्रेष्ठले डिजिटल माध्यमबाट गर्ने मार्केटीगंको बारेमा बताउनु भएको थियो । त्यस्तै प्रभु बैकको आईटी डिपार्टमेन्ट साथै डब्लु आई सिटीको सदस्य सम्पन्न श्रेष्ठले क्यनभा तथा ग्राफिक डिजाइन बारे जानकारी दिनु भयो ।

त्यसै गरी पत्रकार तथा डब्लु आई सिटीको सदस्य सावित्री बस्नेतले मोबाईल पत्रकारिताको बारेमा जानकारी दिएकी थिइन् ।  पूर्व DIGP तथा डब्लु आई सिटीको अध्यक्ष समेत रहेकी शिला कंशाकार कार्की ले सोसल मिडिया र साइवर सुरक्षासँग सम्बन्धीत  जानकारी सहभागीहरुलाई शेयर गर्नुभएको थियो ।  यस्ता कार्यक्रम सुधार केन्द्रमा रहेका सम्पुर्ण व्यक्तिहरुलाई महत्वपुर्ण हुने बताउदै यो कार्यक्रमबाट सुधार गृहमा रहेकाहरुले प्रविधिको प्रयोगको ज्ञान र चेतना अभिबृद्धि गराएको सुधार केन्द्रका काउन्सलरले बताए । डब्लु आई सिटीले सूचना प्रविधि ज्ञान र चेतनामुलक यस्ता बिभिन्न कार्यक्रमहरु बिभिन्न रुपमा गर्दै आएको छ  र आगामी दिनमा यस्ता धेरै कार्यक्रमहरु अझ लक्षित क्षेत्र र वर्गसम्म पुगेर गर्ने योजना रहेको डब्लु आई सिटीको अध्यक्ष शिला कंशाकार कार्कीले जानकारी गराउनु भएको छ ।

कार्यक्रममा सुधार केन्द्रका कोषाध्यक्ष श्रीमती मोहनी थापा बोहरा साथै केन्द्रका अन्य पदाधिकारीहरु र त्यस केन्द्रमा कार्यरत प्रहरी निरीक्षक रविन्द्र थापाको उपस्थित रहेको थियो ।  त्यस्तै कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तिहरु सहित करिब १३५ जना भन्दा बढी सहभागी थिए । साथै उक्त कार्यक्रम साहारा सुधार केन्द्रमा रहेका व्यक्तिहरुको लागि लक्षित गरी सञ्चालन गरिएको थियो भने कार्यक्रममा सुधार केन्द्रमा रहेका सबैको सहभागीता रहेको थियो ।

Must View