नागरिक पोष्ट News


नेपालकै नमूना स्वास्थ्य चौकी बन्दै  शंखरापुर नगरपालिकाको लप्सीफेदी स्वास्थ्य चौकी

4K
 - सबु बस्नेत

काठमाडौं । शंखरापुर नगरपालिका स्वास्थ्य चौकी काठमाण्डौँ केन्द्रबाट करीब २६ कि मि को दुरीमा रहेको छ । यो स्वास्थ्य चौकी जंहरसिंहपौवा पर्यटकीय स्थल लप्सीफेदीसँगै छ । शंकरापुर नगरपालिका वडा नं ३ लप्सीफेदीको यो स्वास्थ्य चौकी अहिले नेपालकै नमुना स्वास्थ्य चौकीको रुपमा विकास भैइरहेको छ । विगत लामो समय देखि पुरानो ,जिर्न ,साँगुरो र अव्यवस्थित कोठाबाट सेवा दिदै आएको सो स्वास्थ्य चौकीमा  हाल नयाँ स्वास्थ्य प्रमुख अरुण कुमार गिरी आएसँगै स्वास्थ्य चौकीले नयाँ स्वरुप पाउँदै छ । सो स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी भन्छन् पहिले पुरानो ,जिर्न ,साँगुरो र अव्यवस्थित कोठाबाट सेवा प्रदान गर्दा धेरै सकस र अप्ठ्यारो भएको थियो । अहिले करिब दुई महिनाको विचमा नयाँ स्वास्थ्य प्रमुख सँगै नयाँ एक तले भवनलाई मर्मत संभार गरी आधुनिकतामा बदलिएर काम गर्दे आएका छौँ । बर्थिग सेन्टर लगायत ओ पि डी सेवाहरु भिन्नभिन्न कार्य कक्षबाट सहजै सेवाग्राहिलाई  प्रदान गर्दे आएका छौँ । जसबाट सेवा ग्राहीले सजिलै सेवा प्राप्त गरिरहेका छन् । साथै काम गर्ने शैली र काम गर्ने स्थानमा पनि परिर्वतन आएको छ ।  उनीहरु भन्छन् गरे के हुदैन र  यो एउटा ज्वलन्त उदाहरणनै बनेको छ । हाल सो स्वास्थ्य चौकीले बहिरंग सेवा लगायतका विभिन्न स्वास्थ्य सेवाहरु निःशुल्क प्रदान गर्दै आएको छ ।  

निःशुल्क उपलब्ध स्वास्थ्य सेवाहरु

बहिरंग सेवा (OPD Services) Injection Dressing

- CBIMNCI (Below 5 years Children)

- Family Planning Service

- Safe Motherhood Nutrition

- DoTs Center

- Birthing Center

- Immunization (Monthly 3 days- 8, 9 and 10 ) प्रत्येक महिनाको ८,९,१० तीन दिन - Out Health Clinic (Monthly 3 days - 15, 16 and 17) प्रत्येक महिनाको १५,१६,१७ तीन दिन

 

हाल सो स्वास्थ्य चौकीमा ९ जना कर्मचारीहरु कार्यरत रहेका छन् । जसमा सिनियर हेल्थ अफिसर, हेल्थ्य असिस्टेण्ट, अनमी सहित दक्ष स्वास्थ्यकर्मीहरुले काम गरिरहेका छन् ।सेवा गा्रहीका अनुसार यस स्वास्थ्य चौकी र कर्मचारीको सेवाबाट आफुहरु खुशी रहेको बताउँछन् । साथै यो स्वास्थ्य चौकी नभएको भए टाढा जानु पर्ने र खर्चिलो समेत हुने बताउदै अगाडि भन्छन् हामी जस्तो निम्न आए स्तर भएका हरुको लागि स्वास्थ्य चौकीको सेवा लाभदायी रहेको बताउँछन् । पहिलेको दाजोमा विना झन्जट सजिलै सेवा लिन पाउँदा सबै सेवा गा्रही खुशी व्यक्क्त गर्दछन् । त्यस्तै यसरी विरामी तथा बर्थिग सेन्टर र विभिन्न सेवा प्रदान गर्न पाउँदा स्वास्थ्य टिम पनि खुशी रहेको स्वास्थ्य प्रमुखले जानकारी गराए । रिपोटिगं गर्दे गर्दा सोलुखुम्बु घर भई हाल बसोबास जहरसिंह पौवा भएको एक महिलाले ३ के जी तौल भएको छोरा हिजो मात्र सोही  स्वास्थ्य चौकीमा आएर जन्माएकी छिन् । आमा र शिशु दुबैको स्वास्थ्य अबस्था राम्रो भएको जानकारी बोध कुमारीले बताईन्। सो स्वास्थ्य चौकमिा डेलिभरी गराउने काम स्वास्थ्य कर्मी अनमी बोध कुमारीले गर्दे आएकी छिन् । उनी निकै अनुभवी र सुरक्षित डेलीभरी गराउन सक्षम भएको स्वास्थ्य प्रमुख बताउँछन् । उक्त शिशु समेत यस आ ब मा ३३ औँ नवजात शिशुहरुको जन्म सुरक्षित तरिकाले सो स्वास्थय चौकीबाट भएको छ ।  त्यस्तै उक्त स्वास्थ्य चौकीमा बच्चा जन्माउने महिलालाई नगद सहित न्यानो झोलाको व्यवस्था समेत गरेको गिरी बताउँछन् । साथै आगामी दिनमा सुत्केरी महिलालाई तातो खाना,विरामी कुरुवा बस्ने ठाउँ ,केही बेड तथा आवश्यक मात्रामा स्वास्थ्य कर्मी थप्ने योजना समेत भएको उनी बताउँछन् । यसरी अहिले सो स्वास्थ्य चौकी नेपालकै नमुना स्वास्थ्य चौकीको रुपमा विकास हुदै छ । 

Must View