नागरिक पोष्ट News


फेरि बर्दियामा बाटोमा हिंडेको बटुवालाई बाघले खायो : बर्दिया कोहलपुर चिसापानी सडक खण्ड हिडडुल गर्न खतरा बन्दै

2.6K

बर्दियाभित्रको कोहलपुर चिसापानी सडक खण्ड मानिसहरुका लागि ख’तरा बन्दै गै रहेको छ । जंगली जनावरका कारण उक्त बाटो मानिसका लागि ख’तरापूर्ण बन्दै गएको हो । बर्दिया जिल्लामा मात्रै दुई भहिनाको अवधिमा ५ जनाको बाघकै कारण मृत्युु भएको थियो ।

यस्तै समस्या पर्सा राष्ट्रिय निकुञ्जमा पनि देखिएको छ । त्यहाँ एक बटुवा हराइरहेका छन् । उनलाई बाघले लगेको आशंक गरिएको छ । पछिल्लो अपडेट अनुसार प्रहरी, नेपाली सेना र निकुञ्जको टोली उक्त बटुवाको खोजीमा लागेको छ ।

एक जना अधवैंशे बटुवालाई शनिबार बिहान पूर्व(पश्चिम राजमार्ग अन्तर्गत अमलेखगञ्ज पथलैया सडकखण्डबाट बाघले लगेको जिल्ला प्रहरी कार्यालय बामा खबर पुगेको थियो । त्यसपछि प्रहरी सक्रिय भएको थियो ।

स्थानीयका अनुसार बाघले एक् पटक मानिसको खुन चाखेपछि उसलाई त्यो म’न पर्छ र बाघले मान्छे खोज्दै हिड्छ । तर, बन्यजन्तुविज्ञहरु बाघलाई जंगलमा आ’हाराको कमी भएका कारण बाघ आहाराको खोजीमा बाहिर निस्किएको हुन सक्ने बताउँछन् ।

Must View