नागरिक पोष्ट News


संसद् विघटनविरुद्ध प्रचण्ड माधव समूहले आयोजना गरेको विरोधसभा काठमाडौमा

1.9K

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ‘दाहाल नेपाल’ समूहले काठमाडौमा माघ ९ गते विरोध प्रदर्शन गरेको छ । काठमाडौँको भृकुटीमण्डपमा शुक्रबार प्रतिनिधिसभा विघटनविरुद्घ आयोजना गरेको विरोधसभामा सहभागीहरु उक्त पक्षले दाबी  गरे अनुसार आएनन् । विरोधसभालाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा अध्यक्ष माधवकुमार नेपाल, नेकपा नेता घनश्याम भुसालसहितका नेताहरुले सम्बोधन पनि गरेका थिए । विरोधसभामा नृत्यलगायतका कार्यक्रम पनि भएको थियो । यसबीच कार्यक्रममा नेकपा अध्यक्ष दाहालले तीन वर्षमा केपी ओली प्रवृत्तिलाई तह लगाउन नसकेको भन्दै आत्मआलोचना गरेका छन् । प्रचण्डले विरोधसभालाई सम्बोधन गर्दै आफूहरुले विभिन्‍न उपाय लगाउँदा पनि ओलीलाई सच्याउन नसकिएको बताएका हुन् ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले भने प्रधानमन्त्री केपी ओलीले घुँडा नटेकेसम्म सडक संघर्ष जारी रहने बताएका छन् । नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीसँग नेकपा नझुक्ने बताएका छन् । अध्यक्ष नेपालले ‌कम्युनिस्ट पार्टी सदस्य बन्न योग्य नरहेको र ओलीले असंवैधानिक तबरले कदम चालेकाले उनीहरुसँग मिलेर जाने अवस्था नरहेको प्रस्ट्याएका हुन् ।

       

Must View