प्रतिगमनबिरुद्ध कँग्रेसको तारकेश्वर ९ मा बिरोध सभा : ओलीको असंवैधानिक कदम राष्ट्रघातः नेता प्रधान
2.6K
नेपाली काँग्रेसका नेता तथा पूर्व रक्षामन्त्री भिमसेनदास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदममा राष्ट्रघात भएको भन्दै सरकारको आलोचना गरेका छन्
नेपाली काँग्रेस तारकेश्वर ९ मनमैजुमा आयोजना गरेको विरोध सभामा नेता प्रधानले ओली सरकारको आलोचना गरेका हुन् । केपी ओलीले तत्काल संसद विघटन फिर्ता लिएर संसद पुनस्थापना गरेमात्र उनको अस्तित्व नेपाली राजनीतिमा रहने नेता प्रधानले बताए । विरोध सभा कार्यक्रममा सानुकाजी महर्जन, इन्द्रमान महर्जन लगायतका नेता तथा कार्यकर्ता सहभागी थिए ।
प्रधानमन्त्री केपि ओलि को अंसंबैधानिक र अलोकतान्त्रिक कदम विरुद्ध को बिरोध कार्यक्रम मा सहभागी भई कार्यक्रम सफल बनाइदिएकोमा कंग्रेसका स्थानीय नेता इन्द्रमान महर्जनले सबैलाई हार्दिक धन्यवाद ब्यक्त गरे ।