स्थानीय बजारमा सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढ्यो
1.9K
काठमाडौं, ७ माघ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन प्रतितोला चार सय रुपैयाँले बढेको छ ।त्यसैगरी चाँदी को मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार पाँच र तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला एक हजार दुई सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा हिजोदेखि सुनको मूल्य उकालो लागेकाले त्यसको प्रभाव नेपाली बजारमा परेको बताइएको छ ।