नागरिक पोष्ट News


नेपाल पर्यटन बोर्डको रिक्त सदस्य चयनका लागि पर्यटन मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन

1.8K

काठमाडौं, ७ माघ । नेपाल पर्यटन बोर्डको रिक्त सदस्य चयनका लागि पर्यटन मन्त्रालयले तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव तारानाथ अधिकारीको संयोजकत्वमा गठित समितिमा व्यवसायीद्वय राजेन्द्र सापकोटा र पूर्ण कुँवर छन् ।

उनीहरु दुबै पर्यटन वोर्डका पूर्व सदस्य पनि हुन् । समितिले प्रतिस्पर्धाबाट सदस्य चयन गर्नेछ । बोर्डका सदस्य दिपक महत, अवदेशकुमार यादव र कृणवहादुर महराको कार्यकाल सकिएपछि नयाँ सदस्य नियुक्त गर्न लागेको हो । समितिले गरेको सिफारिसमध्येबाट पर्यटनमन्त्री भानुभक्त ढकालले सदस्य नियुक्त गर्नेछन् ।

Must View