अन्ततः सधैका लागि ‘सिधा कुरा जनतासँग कार्यक्रम’ बाट अस्ताए रवी लामिछाने
रवि लामिछानेले न्युज २४ टेलिभिजनमा सञ्चालन गर्ने सिधा कुरा जनतासँग कार्यक्रम अब नहुने भएको छ । रवि ५ वर्षपछि न्युज २४ टेलिभिजनबाट बाहिरिएका हुन् ।
बुधबार साँझ एक पोष्ट सेयर गर्दै लामिछानेले भोलि प्रसारण हुने कार्यक्रमनै न्युज २४ टेलिभिजनमा बज्ने अन्तिम कार्यक्रम हुने उल्लेख गरेका छन्।
उनी नयाँ आउन लागेको टेलिभिजनमा जान लागेको र सोही टिभीबाट कार्यक्रम प्रस्तुत गर्ने बताइएको छ । लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रमलाई अझ परिस्कृत, सशक्त बनाएर नयाँ टेलिभिजनबाट पुनः दर्शकमाझ आउने बताएका छन् । उनी चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता हुन् । उनी टेलिभिजनको कार्यक्रम विभागमा प्रमुख कार्यकारी निर्माता एवं प्रस्तोताका रूपमा कार्यरत थिए ।
रवि लामिछाने नेपालबाट अमेरिका पलायन भएका नेपाली पत्रकार हुन् । सन् २०१३ को अप्रिलमा नेपालको न्युज २४ टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड कायम गरेका छन् ।