प्रतिनिधि सभा निर्वाचनका लागि आठ अर्ब रुपैयाँ बढी रकम आवश्यक पर्ने अनुमान : निर्वाचन आयोग
1.4K
काठमाडौं, ५ माघ । निर्वाचन आयोगले आगामी बैशाख १७ र २७ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि आठ अर्ब रुपैयाँ बढी रकम आवश्यक पर्ने अनुमान गरेको छ। आइतबार आयोगले निर्वाचनमा लाग्ने खर्चबारे अर्थ मन्त्रालयसँग पनि छलफल गरेको थियो ।आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार निर्वाचन गराउन आवश्यक पर्ने खर्चबारे मन्त्रालयका सचिव शिशिर ढुंगानासँग सामान्य छलफल भएको हो । निर्वाचनका लागि कति खर्च लाग्छ भन्ने टुंगिसकेको छैन। तर आठ अर्बभन्दा बढी लाग्ने अनुमान आयोगको छ ।
तर प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।