नागरिक पोष्ट News


पूर्वप्रधानमन्त्री तथा जनता समाज पार्टी (जसपा) नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेसले नै आन्दोलनको नेतृत्व लिनुपर्ने बताए

1.7K

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाज पार्टी (जसपा) नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानमाथि आएको संकटलाई बचाउन कांग्रेसले नै आन्दोलनको नेतृत्व लिनुपर्ने बताएका छन ।सोमबार गणेशमान सिंह तथा शहीद स्मृती शान्ति प्रतिष्ठानले राजधानीमा गरेको अन्तक्रिया कार्यक्रममा डा.भट्टराईले संविधानमाथी भएको प्रहारलाई जोगाउन कांग्रेसले नै आन्दोलनको नेतृत्व लिनुपर्ने बताएका हुन ।‘प्रतिनिधि सभा विघटन संविधानको व्यवस्था भन्दा बाहिरबाट गरिएको छ, यो संविधानमाथिको प्रहार हो, संविधानलाई जोगाउन अब कांग्रेसले नै आन्दोलनको नेतृत्व लिनुपर्छ,‘ डा भट्टराईले भने ।

कांग्रेस आन्दोलन कि निर्वाचन भन्नेमा अलमलमा रहेको भन्दै उनले कांग्रेसले देशको नेतृत्व गर्न निर्वाचन नै कुर्न नपर्ने र संसद पुर्नस्थापना हुँदै गर्दा कांग्रेसले नै देशको नेतृत्व गर्न सक्ने बताए ।

उनले प्रधानमन्त्री केपी ओलीले बाम खोल ओडेर चरम सामन्तवादतर्फ अग्रसर भएको र उनी नव फाँसिवादको अभ्यास गर्दै अघि बढेको समेत जिकिर गरे ।

प्रधानमन्त्री ओलीले राज्यका सबै अंगलाई धम्क्याइरहेको भन्दै भट्टराईले सबैलाई आफूले सेटिङमा राखेको भन्दै प्रधानमन्त्रीबाटै अभिव्यक्ति आउनु खेदजनक रहेको र त्यसले अदालतमाथिको विश्वसनियतामाथि समेत प्रश्न उठ्ने अवस्था आएको बताए । अदालतमाथि समेत अहिले परीक्षाको समय आएको उनले भनेका छन ।

Must View