नागरिक पोष्ट News


कृषि उद्धमी पौडेल नेशनल हिराे अवार्ड - काेभिड-१९ बाट सम्मानित

2.8K

राष्ट्रिय भुकम्प सुरक्षा दिवसकाे अबसरमा राष्ट्रिय नागरिक समाजद्वारा बरिष्ठ कृषि उद्यमी तथा समाजसेवी सर्वश्री शशी शर्मा पाैडेल यस वर्षकाे नेशनल हिराे अवार्ड - काेभिड-१९ बाट सम्मानित भएका छन्। लुम्बिनी एग्रो प्रोडक्ट एण्ड रिसर्च सेन्टर तिलोत्तमा रुपन्देहीका अध्यक्ष समेत रहेका यस क्षेत्रका समाजसेवी पौडेललाई कोभिडका बेला समेत विभिन्न समाजसेवा र सो उत्पादन मार्फत योगदान पुर्याएको भन्दै सो अवार्ड प्रदान गरिएको हो। 

सहरी बिकाश मन्त्रालयका राज्यमन्त्री राम्बिर मानन्धरको प्रमुख आतिथ्यता तथा राष्ट्रिय नागरिक समाजका अध्यक्ष महेशजंग कुँवरको अध्यक्षातामा सम्पन्न सो कार्यक्रमममा कोभिडको बेला कृषि तथा सामाजिक क्षेत्रमार्फ़त देश र जनताको लागि योगदान दिएको भन्दै पौडेललाई नेशनल हिराे अवार्ड - काेभिड-१९ बाट सम्मानित गरिएको हो। तिलोत्तमा-३ मा स्थायी घर भएका पौडेल अहिले देशकै नमुना गाई फार्म र एग्रो प्रोडक्टको एक नमुना रिसर्च सेन्टरको संचालकको रुपमा चिनिन्छन। हालसम्म विभिन्न अवार्ड हात पार्न सफल कृषि उद्धमी पौडेल आफ्नो सरकारी शिक्षकको जागिर र अमेरिकाको ग्रीन कार्ड त्यागेर कृषि पेशामा बिगत २० बर्षदेखि लागिरहेका छन्।  

Must View