माघ ९ गते प्रचण्ड–नेपाल समूहले काठमाडौँमा वृहत जनप्रदर्शन गर्ने
काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले यही माघ ९ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय सङ्घर्ष समितिको बैठकले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा जुलुुसहित अपराह्न १२ बजे रत्नपार्कमा एकीकृत प्रदर्शन गर्ने निर्णय गरेको समितिका सहसंयोजक योगेशकुमार भट्टराईले जानकारी दिनुभयो ।
जनप्रदर्शनलाई ध्यानमा राखेर यही माघ ७ गते अपराह्न काठमाडौँको भृकुटीमण्डपमा जम्मा भएर उपत्यकाव्यापी मोटरसाइकल ¥याली आयोजना गर्ने कार्यक्रम तय गरिएको छ । आजको बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालले जारी आन्दोलन लोकतन्त्र, जनअधिकरा र संविधानको रक्षाका लागि भएकाले कुनै राजनीतिक दलको मात्र नभएर सिङ्गो मुलुकको लोकतन्त्रवादी शक्तिको संयुक्त जनआन्दोलन भएकाले अत्यन्तै उत्साह र सशक्त ढङ्गले तयारीमा जुट्न पार्टी पङ्क्तिलाई निर्देशन दिनुभएको नेता भट्टराईले जानकारी दिनुभयो ।