विश्व कीर्तिमान राख्नुभएका मन्त्री रामवीर मानन्धरबाट ओसी नेपाल (OCNepal.com) अनलाइन कक्षा शुभारम्भ
2.5K
ओसी नेपाल डट कम (अनलाइन कक्षा) सञ्चालनमा आएको छ । नेपाली गीत गाएर विश्व कीर्तिमान राख्नुभएका मन्त्री रामवीर मानन्धरले काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा ओसी नेपालको ब्यानर उद्घाटन गरेर ओसी नेपाललको शुभारम्भ गरेका हुन् । ओसी नेपाल डट नेपाली परिवेश अनुसार नेपाली बिद्यार्थीहरुलाई अनलाइन पढाउन र पढ्न मिल्ने स्कूल मिल्ने सोसल प्लेटफर्म भएको यसका संस्थापक भरतराज उप्रेतीले बताए । राष्ट्रिय नागरिक समाजले राष्ट्रिय भुकम्प दिवसको अवसर पारेर गरेको विशेष कार्यक्रममा ओसी नेपाल डट कमको शुभारम्भ गरिएको हो । ओसी नेपालबाट १ घण्टा लाइभ कक्षा, मिटिङ गर्न मिल्नेछ । अनलाइन परीक्षा र अनलाइन परीक्षा तयारी समेत ओसि नेपाल डट कमबाट गर्न सकिने ओसी नेपालका सदस्य दीपक कार्कीले बताए । यो सिस्ष्टम ओसी नेपाल ग्रुपले तयार पारेको हो । ग्रपका १० जना सदस्यहरु छन् ।