नागरिक पोष्ट News


चालू आर्थिक वर्षको पाँच महिनामा रेमिट्यान्स आए १०.९ प्रतिशतले वृद्धि भएको छ

1.5K

काठमाडौं, २९ पुस । चालू आर्थिक वर्षको पाँच महिनामा रेमिट्यान्स आए १०.९ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यो अवधीमा ४ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो ।

तर यो अवधीमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या भने ७७.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ११.८ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स आय ६.४ प्रतिशतले वृद्धि भई ३ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । तर अघिल्लो वर्ष यस्तो आय ०.४ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६९.४ प्रतिशतले घटेको छ ।

Must View