बुद्धका १० कुशल कर्महरु: पढ्नुहोस्, तपाइँको जीवन बदलिनेछ
पाणतिपात:– ह त्या हिं सालाई त्यागेर प्राणीहरुको जीबन रक्षा गर्नु ।
२] अदतादान:- चोरी, भ्रष्टाचार कर्म त्यागेर मानबिय सेवाको दान गर्नु ।
३] काम मिथ्या:- गलत विचार त्यागेर सत्य र साचो कुरा बोल्नु ।
४] मुषाबाद :- असत्य, झुठो बोल्न त्यागेर सत्य कुरा बोल्ने गर्नु ।
५] पैशून्य:- मिलेर बसेकोलाई बिच्छेद गराई, एकआपसमा फुट ल्याउने कर्म त्यागेर मेलमिलाप र भाइचाराको अभिबृद्धी गर्नु ।
६] पारुस्य:- कठोर वचन त्यागेर नरम र मधुर शब्द बोल्ने गर्नु ।
७] सम्भिन प्रलाप:- बेकारका कुरा गर्ने कर्म छोडेर सार्थक कुरा गर्ने गर्नु ।
८] अविद्धा:- लोभ लालचमा नफस्ने ।
९] ब्यापाद:- ईस्र्या, घमण्ड गर्ने कर्म त्यागेर उपकार, जनहित गर्ने बिचार गर्नु ।
१०] मिथ्यादृष्टि:- अन्धबिश्वास, अन्याय, अत्याचार, मूर्खता, ब्याभिचार त्यागेर सम्यक दृष्टिको मार्गमा हिडनु ।
यो पनि – साथमा पर्याप्त धन हुँदैमा कोही धनी हुँदैन, संसारका हरेक मानिस धनी छन्, तर आफूसँग भएको धनलाई चिन्नुपर्छ । चिन्नलाई दुरदृष्टि आवश्यक पर्छ, त्यो जो कोहीसँग नहुन सक्छ । परापूर्वकालमा एक व्यक्ति आफ्नो गरिबीको कारण सोध्न महामानव गौतम बुद्धकोमा पुग्यो । भगवान ‘म किन गरीब ?’ भन्ने उसको प्रश्नमा बुद्धले यस्तो जवाफ दिए कि उसको गरिबी एक मिनेट पनि टिकेन । भारतको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि बुद्ध आफूले प्राप्त गरेको ज्ञान बाँढ्ने अभियानमा थिए । यसैक्रममा एक गाउँमा पुगेपछि उनले सबैलाई भेला परेर आफूले प्राप्त गरेको ज्ञान बाँढ्न थाले । मानिसहरु गौतम बुद्धकोमा आ-आफ्ना दु:ख, पीडा र रोदन लिएर पुग्थे अनि उर्जा र जोशले भरिएर फर्किन्थे ।
म किन गरीब ? त्यसैक्रममा एक दु:खी व्यक्तिले भगवान बुद्धसँग आफ्नो गरिबीको कारण सोध्न चाह्यो । ऊ हिम्मत गरेर बुद्धको शिविरतर्फ अघि बढ्यो । मानिसहरु पालैसँग एक-एक गरी बुद्धलाई भेटिरहेका थिए । ऊ पनि आफ्नो पालो पर्खिएर लाइनमा बस्यो । भगवान बुद्ध चुपचाप गाउँबासीको समस्या सुन्दै निकै नै शान्त र सालिन भावमा उपदेश दिइरहेका थिए । त्यत्तिकैमा उसको पालो आयो । उसले बुद्धलाई प्रणाम गर्यो अनि प्रश्न अघि सार्यो, ‘भगवान, म किन गरीब ?’ बुद्धले मुस्कुराएर जवाफ दिए, ‘तिमीले कहिल्यै कसैलाई केही दिएनौ, त्यसैले गरीब छौ ।’
उसले आश्चर्य मान्दै प्रतिप्रश्न गर्यो, ‘म सँग केही हुनुपनि त पर्यो नि दिनलाई ! मसँग केही छैन । बडो मुस्किलले बिहान-बेलुका हातमुख जोड्छु ।’ बुद्धले आफ्नै सालिनतामा जवाफ दिए, ‘तिमीसँग एक अनुहार छ, कसैलाई पनि मुस्कान दिन सक्छौ । तिमीसँग एउटा मुख पनि छ, कसैको प्रसंसा गर्न र मिठो बोल्न सक्छौ । तिमीसँग दुई हात छ, आवश्यक पर्दा जो कोहीलाई पनि सघाउन सक्छौ । यो सबै तिमीसँग छ, तिमी कसरी गरीब भयौ ? गरिबी तिम्रो मनमा छ । मनबाट यो भ्रम निकाली देऊ, तिम्रो गरिबी आफैँ हटेर जानेछ ।’
त्यसपछि ऊ पनि अरुजस्तै उर्जावान भएर फर्कियो । उसको गरिबी त बुद्धको कुरा सुन्दा नै भागिसकेको थियो । त्यसपछि उसले कहिल्यै गरिबीको अनुभवसमेत गरेन । बाँकी जिन्दगी सुखपूर्वक बित्यो । त्यसैले आजैबाट आफ्नो मनको गरिबीलाई हटाउनुस्, अहिल्यै तपाईं आफूलाई धनी महसुस गर्न थाल्नुहुनेछ ।