‘जुन फूल मैले चाहेको थिएँ’, ‘उदास मेरो जीवन कथा’ का गीतकार भैरवनाथ रिमालको निधन
1.4K
बरिष्ठ गीतकार भैरवनाथ रिमालको निधन भएको छ । ‘जुन फूल मैले चाहेको थिएँ’, ‘उदास मेरो जीवन कथा’लगायतका चर्चित गीतका लेखक रिमालको शनिबार (आज) विहान निधन भएको हो ।
कवि एवं गीतकारका रूपमा चर्चित रिमाल १९९३ माघ २० गते ठमेलमा जन्मिनुभएको थियो । जानकारी अनुसार छोटो समयमा पनि धेरै गीत सिर्जना गर्न सक्ने क्षमता भैरवनाथ रिमालसँग थियो ।
उहाँलाई उर्जाशील गीतकारको रुपमा चिनिन्थ्यो ।