नागरिक पोष्ट News


प्राइम लाइफ इन्स्योरेन्सको १३ औ बार्षिक साधारणसभा सम्पन्न

1.6K

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको १३ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।सभा कम्पनीको प्रधान कार्यालय हात्तीसार काठमाडौंमा सम्पन्न भएको हो । आज सम्पन्न सभाले संचालक समितिको १५ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो ।

सभाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

Must View