नागरिक पोष्ट News


आर्थिक प्रलोभनमा नपरी घुस फिर्ता गर्ने १८ ट्राफिक प्रहरी पुरस्कृत

1.7K

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घनका क्रममा आर्थिक प्रलोभनमा नपरी घुस फिर्ता गर्ने १८ ट्राफिक प्रहरीलाई पुरस्कृत गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई नियमानुसार कारबाही गर्ने क्रममा घुस दिई प्रलोभनमा पार्न खोज्ने चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएका उनीहरुलाई आज पुरस्कृत गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।

पछिल्लो समय ट्राफिक कारबाहीका क्रममा ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ६९ सवारी चालकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने उनीहरुसहित ५३ ट्राफिक प्रहरीलाई पुरस्कृत एव सम्मान भइसकेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको अनुपस्थितिमा हुने ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई निगरानी गर्न आजदेखि ‘ट्राफिक सर्भिलेन्स भेइकल’ सञ्चालन गरेको छ ।

उपत्यकाको व्यस्त सडकमा हुने सवारी चापलाई व्यवस्थापन गर्न र फराकिला सडकमा हुने तीव्र गतिलाई नियन्त्रण गर्न ‘ट्राफिक सर्भिलेन्स भेइकल’ प्रभावकारी हुने महाशाखाले जनाएको छ ।

Must View