नागरिक पोष्ट News


३०२ जनाको सुरक्षा घेरामा प्रधानमन्त्री केपी ओली, सेनाबाट मात्रै १७५ जना सुरक्षाकर्मी खटाइए

4.9K

प्रधानमन्त्री केपी ओली ३०२ जनाको सुरक्षा घेरामा रहने भएका छन् । प्रधानमन्त्रीका सुरक्षाकर्मी बढाएर नेपाली सेना मात्र १७५ र अरु सुरक्षाबाट १२७ जना पुर्याइयो गृह मन्त्रालयले जनाएको छ ।

संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सुरक्षा चुनौति बढेको विश्लेषण सुरक्षा निकायले गरेसँगै गृहले सुरक्षा बढाएको हो । गृह मन्त्रालयका एक अधिकारीका अनुसार प्रधानमन्त्री जाने स्थान र बालुवाटारको सुरक्षामा समेत सामान्य अवस्थामा भन्दा बढी जनशक्ति खटाइएको छ । प्रधानमन्त्रीको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट गरी कम्तिमा ९० जना सुरक्षाकर्मी खट्ने गरेका थिए ।

हाल प्रधानमन्त्रीको सुरक्षामा सेनाबाट मात्रै एक सय ७५, नेपाल प्रहरीबाट ८२, सशस्त्र प्रहरीबाट ३५ र राष्ट्रिय अनुसन्धान विभागबाट १० जना खट्ने गरेका छन् । सेनाबाट सेनानी तथा प्रहरीबाट डीएसपी र सशस्त्रबाट निरीक्षकको कमाण्डमा टोली खटिने गरेको छ ।

Must View