नागरिक पोष्ट News


एउटै आमाका ६ छोरीहरु ! पीएचडी प्राप्त वैज्ञानिक बने कोही अमेरिका, कोही अष्ट्रेलियामा

3.5K

हामी यहाँ जगदेव दहियाको परिवारको उदाहरणीय ६ छोरीहरुको चर्चा गर्न गइरहेका छौ । भारत, हरियाणाको सोनीपत जिल्लाको मदना गाउँ निवासी जगदेव दहियाकी छ छोरीहरू छन् । सबैको हातमा पीएचडी डिग्री छ । सबै छोरीहरु वैज्ञानिकहरू हुन् । ६ जना छोरी मध्ये ५ जनाले सरकारी जागिर खाइरहेका छन् । तीमध्ये चार छोरी क्यानाडा र संयुक्त राज्य अमेरिकामा कार्यरत छन् । जगदेवका छोरीहरु १, डा. संगीता सिंह जेठी छोरी संगीताले भौतिक विज्ञानमा पीएचडी गरेकी छन् । अहिले उनी जीवीएम कलेज, सोनीपतमा सहायक प्राध्यापकको रूपमा कार्यरत छिन् । उनले महाप्रयोग परियोजनामा ​​पनि योगदान दिइसकेकी छिन् । यस बाहेक, उनी अमेरिका र अष्ट्रेलियामा दुई पटक अन्तर्राष्ट्रिय स्तरका सम्मेलनहरूमा भाग लिन गइसकेकी छिन् । ति सम्मेलनहरुमा संगीताको शोध पत्रमा छलफल पनि गरिएको छ । संगीताको विवाह रितल गाउँका सुरेन्द्र सिंहसँग भएको छ । पति सुरेन्द्र आईएफएफकेओ टोकियोमा काम गर्दछन् ।

२, डा. मोनिका सिंह माइली छोरी मोनिकाले जैविक विज्ञानमा पीएचडी गरेकी छिन् । हाल मोनिका सिंह क्यानाडाको टोरन्टो राजीव दादरी निवासी पति पवन सांगवानसँग स्पेयर पार्ट्सको व्यवसाय सम्हाल्छिन् । यस अघि उनी टोरन्टोमा सरकारी काममा अनुसन्धान गर्थिन् । उनले आफ्नो व्यवसायको लागि काम छोडेकी थिइन् ।

३, डा. कल्पना दहिया साइली छोरी कल्पनाले गणित विषयमा पीएचडी गरेकी छिन् । हाल युआईटी चन्डीगढमा सरकारी प्रोफेसरको रूपमा अनुसन्धान गर्दै आएकी छिन् । क्यानाडा र अमेरिकाको अन्तर्राष्ट्रिय सम्मेलनमा पनि उनको शोध पत्रमाथि छलफल गर्ने गरिएको छ । उनका पति डा. अनुज चन्डीगढको पञ्जाब विश्वविद्यालयमा कम्प्युटर प्रोफेसर छन् ।

४, डा. नीतू दहिया काइली छोरी नीतू अमेरिकामा खाद्य एवं औषधि विभागमा काम गर्छिन् । उनी पति सीए राहुल बोहरासँगै वाशिङ्गटन डीसीमा बस्दै आएकी छिन् । सन् २००६ मा, उनले अमेरिकामा सरकारी जागिर पाएकी हुन् । उनका पति राहुल उदयपुर, राजस्थानका हुन् ।

५, डा. डेजी दहिया जगदेवकी ठाँईली छोरी पनि गणित विषयमा पीएचडी धारक हुन् । फिल बार यूएसए वाशिङ्टन डीसीको इन्स्टीट्यूट अफ हेल्थमा खोजकर्ताको रुपमा काम गर्दै आएकी छिन् । तपाईंलाई जानकारी गराउ कि डेजी अझै अविवाहित छिन् ।

६, डा. रुचि दहिया कान्छी छोरी रुचि दाहिया पनि ठूली दिदीबहिनीको पदमार्गमा छिन् । उनी अमेरिकाको एरिजोना राज्यमा अनुसन्धान गरिरहेकी छिन् । अविवाहित रुचिले पनि गणित विषयमा पीएचडी गरेकी छिन् ।

विदेशमा कसरी पुगे छोरीहरु जगदेवका अनुसार मोनिका सिंह विवाह पछि आफ्नो पतिसँग क्यानडा गईन्, त्यहाँ उनलाई सरकारी जागिर मिल्यो । अन्य छोरीहरूले हरियाणामा बस्दा अनलाइन आवेदन दिएर सरकारी जागिर पाएका हुन् । जागिरपछि उनीहरु भारतबाट अमेरिका, क्यानडा सरेका हुन् । जगदेवलाई आफ्ना छोरीहरुमाथि गर्व छ । छोरीहरूको पढाई स्कूल कलेज पढ्दा देखि नै धेरै राम्रो थियो । मोनिका, कल्पना, नीतु, डेजी र रुचि दोस्रो स्थानमा आउँने गर्थे ।

जगदेव दहिया हरियाणाको च्याउम्यान जगदेव दहिया एक उत्कृष्ट शिक्षकको साथसाथै हरियाणाका एक चर्चित च्याउ खेती गर्ने व्यक्ति पनि हुन् । उनीहरूको दाबी छ कि हरियाणामा च्याउ खेती उनीहरूको पेशा हो । सन्‌ १९८० देखि जगदेवले हरियाणामा च्याउ खेती गर्न थालेका हुन् । हिमाचल प्रदेशको सोलनबाट च्याउ खेतीको प्रशिक्षण लिएर आएपछि हरियाणामा किसानहरूलाई प्रशिक्षण पनि दिन थालेका छन् । उनी १९९२ देखि १९९८ सम्म भारतको च्याउ संस्थानका उपाध्यक्ष पनि रहेका थिए ।

- Source :

जनबोली न्यूज नेटवर्क

Must View