नागरिक पोष्ट News


संसारकै सबैभन्दा सुन्दर महिला घोषित भएकी १९ वर्षकी किशोरी को हुन् ?

2.7K
काठमाडौं। इजरायलकी १९ वर्षकी किशोरी विश्वकै सबैभन्दा सुन्दर महिला घो’षित भएकी छिन् । २०२० सालको ‘वर्षका सबैभन्दा सुन्दर १०० अनुहार’मध्ये शीर्ष स्थानमा रहँदै इजरायलकी १९ वर्षकी येल शेल्वियाले टिसी क्याण्डलरको सूचीको शीर्षमा स्थान बनाएकी हुन् । संस्थाले यस विषयमा एक भिडियो जारी गर्दै जानकारी दिएको छ ।शे’ल्वियाले अहिले इजरायलका हरेक युवायुवतीका लागि अनिवार्य गरिएको सैनिक सेवा पूरा गरिरहेकी छिन् । उनले इजरायली एयरफोर्समा काम गरिरहेकी छिन् । टाइम्स अफ इजरायलका अनुसार शे’ल्वियाले किम कार्दाशियनको केकेडब्लु ब्युटी मेकअप लाइन र इजरायली फेशन कम्पनी रेनुआरको लागि समेत मोडलिङ गरिसकेकी छिन् । यो सूचिमा शेल्विया लगातार चौथो पटक परेकी हुन् ।यसअघि २०१७ मा शेल्विया सूचीको १४ औं स्थानमा थिइन् । २०१८ मा तेस्रो स्थानमा पुगेकी शेल्विया २०१९ मा दोस्रो स्थानमा उक्लिएकी थिइन् । यी किशोरी ३५ वर्षका ब्राण्डोन क्रफसँग प्रेममा रहेको न्यूयोर्क पोस्टको रिपोर्टमा बताइएको छ । ब्रेण्डन अर्बपती व्यवसायी समर रेडस्टोनका नाती हुन् ।

Must View