नागरिक पोष्ट News


गीत संगीत र म्युजिक भिडियोबाट नेपाललाई अर्को गिनिज अफ वल्र्ड रेकर्ड प्राप्त

2.1K

गीत संगीत र म्युजिक भिडियोबाट नेपाललाई अर्को गिनिज अफ वल्र्ड रेकर्ड प्राप्त भएको छ । म्युजिक भडियो हाम्रो साझा हिमाललाई सोलुुको गोक्यो हिमालमा छायाँकन गरेर अहिलेसम्मकै संसारको अग्लो स्थानमा म्युजिक भिडियो तयार गरेको भन्दै चलचित्र निर्देशक माधव राज खरेल, निर्माताद्धय कमला जोशी, पुष्कर नेपाल र गायक पुर्ण राईले गिनिज अफ वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गराएका छन् । गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाएको भन्दै उनीहरुलाई काठमाडौंमा एक समारोहबीच गिनिज अफ वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरिएको छ ।

पिम नेपालको आयोजनमा सम्पन्न एक समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री भानुभक्त ढकाल, चलचित्र विकाश कोर्डका अध्यक्ष दयाराम दहाल, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र निर्देशक दिनेश डि.सी, निर्देशक समाजका महासचिव जनकदीप पराजुली, कलाकार संघका उपाध्यक्ष मोहन निरौला, राष्टगानका रचयता ब्याकुल माईला लगायतले यी चार जनालाई गिनिज अफ वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरेका हुन् ।

यस्तै साझा हिमाल गीतलाई भिडियो तयारी गर्न सघाउने कलाकारहरु श्रीदेव भट्टराई, दिर्घ राज जोशी, नयनराज जोशी, विश्वास पराजुली, सञ्च बहादुर राई, सुस्मा भट्टराई, दृश्य सुवेदी, गोपाल ढकाल (छन्दे), प्रमिला राई, शान्तिप्रिय, राजन खरेल, विपिन भाट, अस्मिता श्रेष्ठ, शोमा खत्री, कानुनी सल्लाहकार राजेन्द्र शर्मा, राजन थापा, किरण चौधरी, रोशन श्रेष्ठ लगायतलाई उक्त कार्यक्रममा गिनिज वल्र्ड रेकर्डवाट प्राप्त सहभागिताको प्रमाणपत्रहरु समेत मन्त्री ढकालले कार्यक्रममा प्रदान गरे । साझा हिमाल शिर्षकको यो गीत नेपालको हिमाललाई विश्वमा चिनाउँदै पर्यटन प्रवर्धनको लागि यसको भिडियो विश्वकै उच्च स्थानमा रहेको गोक्यो लेकमा छायाँकन गरिएको भिडियो निर्देशक माधवराज खरेलले कार्यक्रममा प्रकाश पारे ।

त्यस्तै गायन क्षेत्रमा छोटो समयमा उल्लेख्य सफलतासँगै चर्चा कमाउँदै गायनमा योगदान पुर्याएको भन्दै सो कार्यक्रममा गायिका सरिता भारतीलाई गायन सम्मानबाट सम्मानित गरिएको थियो । भारतीका विभिन्न मेरो जवानी, लुडो र तास, पहिलो भेटमै, यसपालीको दशैं, बजाई देउ बाजा, कोरोनाले देशै रोयो, ए गाजली सहित विभिन्न चर्चित गीतहरु बजारमा आईसकेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री ढकाल नेपालको हिमाललाई विश्वमा चिनाउँदै नेपालको पर्यटन प्रवर्धनमा योगदान दिएको भन्दै गिनिज अफ वल्र्ड रेकर्ड प्राप्त गर्ने यी चारै जानलाई बधाई ज्ञापन गरे । मन्त्रालयबाट आफुले यस्तो कार्यमा सहयोग गर्ने पनि उनले बचन दिए । नेपालको रमणीय पर्यटकीय नगरी सोलुखुम्बुको गोक्यो ४ हजार ७ सय ६८ मिटरको उचाईमा २०७६ असोज १० गते उक्त गीतको छायांकन गरिएको थियो ।

यस्तै चलचित्र विकास वोर्डका अध्यक्ष दयाराम दाहाल, राष्ट्रिय गीतका रचनाकार ब्याकुल माईला, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, निर्देशक समाजका जनकदीप पराजुली,  चलचित्र निर्देशक दिनेश डि.सी. लगायतले बधाई एवं शुभकामना दिएका थिए ।

लामो समय देखी नेपाली चलचित्र कलाकारीता क्षेत्रमा होमिएको खरेलको टिमले पाएको सफलता सम्पुर्ण नेपाल र नेपालीहरुको लागी गौरवको विषय हो । अग्लो स्थान मात्रै नभएर एकै स्थानमा क्यामेराको एङ्गल मात्रै चेन्ज गरेर तयार पारिएको भिडियोले संसारकै उच्च सफलता दिएकोमा खुशी व्यक्त गरेका छन् ।

Must View