नागरिक पोष्ट News


तारकेश्वर नगरपालिकाको नेपालटारमा ट्राफिक कार्यलयको स्थापना

2.1K

काठमाडौं । तारकेश्वर नगरपालिकामा आज बिहान भएको एक औपचारिक कार्यक्रमबाट तारकेश्वरमा ४ जना ट्राफिक दरबन्दी सहित कार्यलय व्यवस्थापन भएको छ ।

२०७७ पौष २० गते सोमबार एक कार्यक्रमका बीच नेपालटार महानगरीय ट्राफिक कार्यलयको उदघाटन तारकेश्नवर नगरपालिका नगर प्रमुख रामेश्वर बोहराले गरेका हुन्। 

 उद्घाटन कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नगर उपप्रमुख भवानी डोटेल धिताल, महानगरीय ट्राफिक प्रहरि महाशाखा प्रमुख जनकराज भट्टराई, अतिथिहरुमा तारकेश्वर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद लम्साल, महानगरीय प्रहरि वृत्त बालाजुका डिएसपी रञ्जित सिंह राठौर लगायत सामुदायिक सेवा केन्द्र तारकेश्वरका पदाधिकारी र तारकेश्वर नगरपालिकाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सामुदायिक साझेदारी प्रहरि तारकेश्वरका सदस्य नारायण प्रसाद सापकोटाले स्वागत मन्तव्य राखेका थिए ।

तत्कालका लागि वडा नं. ११ को सामुदायिक भवनलाई ट्राफिक प्रहरिले कार्यालयको रुपमा प्रयोग गर्नेछन् । छिट्टै नै वडा नं. ११ मा ट्राफिक कार्यालयको नयाँ भवन शिलान्यास हुने बुझिएको छ । बढ्दो शहरिकरणसँगै सभ्य समाज निर्माण गर्नका लागि तारकेश्वर नगरपालिकाले काठमाडौं जिल्लाभित्रका अन्य नगरपालिकाहले गर्न नसकेको काम पहिलोपटक ट्राफिक दरबन्दीको व्यवस्थासहित ट्राफिकको व्यवस्था गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर प्रमुख रामेश्वर बोहराले भौतिक संरचना विकाससँगै सभ्य समाज निर्माणका लागि नागरिकलाई अनुशासित सभ्य बनाउन ट्राफिक प्रहरि ल्याएको बताउनुभयो । नगरबासीलाई ट्राफिक नियम पालना गर्न अनुरोध गरेका थिए । त्यस्तै बोहोराले नगरपालिकाले पूर्वाधार विकासमा यस वर्ष फड्को मारिरहेको हुँदा नगरलाई सहयोग गर्न सबै राजनीतिक पार्टी र नागरिक समाजलाई अनुरोध गरेका थिए ।

कार्यक्रममा बोल्दै उपप्रमुख भवानी डोटेल धितालले ट्राफिक प्रहरिको व्यवस्थापनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । प्रविधिको विकाससँगै ट्राफिकको व्यवस्थापनमा नगरपालिकाले प्राथमिकतामा साथ काम गर्ने बताउनुभयो ।

विशिष्ट अतिथि महानगरीय ट्राफिक प्रहरि महाशाखा प्रमुख जनकराज भट्टराईले ट्राफिक दरबन्दी अहिले ४ जना भएपनि आवश्यकताअनुसार थप गर्दै जाने बताउनुभयो ।

 

Must View