प्रधानमन्त्री ज्यू भ्रष्ट्राचारीलाई जेलको कोठरीमा सडाउने आँट गर्नुस् जनताको मनमा सँधै बस्नुहुन्छ - निरुदेवी पाल
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपा नेतृ निरुदेवी पालले प्रधानमन्त्रीलाई भ्रष्ट्राचारीलाई जेलको कोठरीमा सडाउने आँट गर्नुस् जनताको मनमा सँधै बस्नुहुन्छ भन्दै केही सुझाव दिनुभएको छ । उहाँले संघीयता खारेज गर्न समेत प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभएको छ । बिहीबार फेसबुकमा स्टाटस लेख्दै नेतृ पालले संघीयता खारेज गर्न आँट गर्न सुझाव दिनुभएको हो ।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गर्नसमेत उहाँको सुझाव छ। उहाँले सांसद्को सिट संख्या घटाएर १०५ बनाउनसमेत प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभएको छ । यस्तै १५ सदस्यीय मन्त्रीमण्डल बनाएर भ्रष्टाचारीलाई कोठरीमा सडाउन समेत सुझाव दिनुभयो ।
संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसदको सिट १०५, बढीमा १५ सदस्यीय मन्त्रीमण्डल र भ्रष्टाचारीलाई जेलको कोठरीमा सडाउने आँट गर्नुस्। नेपाली जनताको मनमस्तीस्कमा सधै बस्नुहुनेछ, पालको स्टाटसमा लेखिएको छ।
नेतृ पाल विघटित प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिकी सभापति हुनुहुन्थ्यो । ओली पहिलोपटक प्रधानमन्त्री हुँदा जनसम्पर्क सल्लाहकार हुनुहुन्थ्यो ।