नागरिक पोष्ट News


नेप्से २५ दशमलव २१ अंकले बढेर २०८७ दशमलव २७ को विन्दुमा कायम भएको छ

1.4K

काठमाडौं । नेप्से २५ दशमलव २१ अंकले बढेर २०८७ दशमलव २७ को विन्दुमा कायम भएको छ। निर्जिवन बीमाको क्षेत्र बाहेक अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ। दिनभरिमा २ सय ७ सय वटा कम्पनीको १ करोड १४ लाख ४२ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालय डिस्टीलरीको ४६ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, शिव्म सिमेन्ट्सको ३७ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

साल्ट ट्रेडिङका लगानीकर्ताले १० दरले कमाएका छन् भने एभरेष्टबैंकका लगानीकर्ताले ६ दशमलव ६७ का दरले कमाएका छन् । नारायणी डेभलपमेन्ट बैंकका लगनीकर्ताले ३ दशमलव ७८ प्रतिशतका दरले गुमाएका छन् भने आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले २ दशमलव ९५ प्रतिशतले दरले गुमाएको छन्

Must View