नागरिक पोष्ट News


श्रीदेवीको दुबईमा मृत्यु अघि यति धेरै सर्जरी भएको बल्ल खुलासा !

1.7K

काठमाडौं । गत २४ फेब्रुअरी, २०१८ मा यो संसार छोडेर गएकी एक चर्चित अभिनेत्रीको मृत्युलाई लिएर गम्भीर खुलासा भएको छ । बलिउडकी सदाबहार नायिका श्रीदेवीको दुबईमा मृत्यु भएको थियो । ५४ वर्षको उमेरमा उनले यो संसार छोडेर गएकी थिइन् ।

श्रीदेवी पारिवारिक विवाहमा भाग लिनका लागि दुबई गएकी थिइन् । ५४ वर्षको उमेरमा पनि श्रीदेवी जवानजस्तै देखिन्थिन् । उनको सुन्दरतामा उनले गरेका विभिन्न प्रकारका सर्जरीको कमाल थियो । सामान्यतयाः कलाकारिता क्षेत्रमा लागेका महिला कलाकारहरुले आफुलाई सधैं आर्कषक देखाउनका लागि अनेक अङ्गका सर्जरीहरु गर्ने गर्छन ।

अभिनेत्री श्रीदेवीले आफ्नो सौन्दर्यता जोगाउन धेरै सर्जरी उपचारहरु गरेकी थिइन् । उनको मृत्युको लामो समयपछि आएको एक रिर्पोट अनुसार उनको मृत्यु अघि उनले ओठको शल्यक्रिया गरेकी थिइन् । तपाईंलाई जानकारी गराउ कि उनी आफ्नो उपचारका लागि अमेरिकाको दक्षिण क्यारोलिना जाने गर्थिन् ।

शल्यक्रियापछि उनको ओठको आकार झनै बिग्रिएको थियो । यो मात्र हैन उनको अनुहार पनि राम्रो देखिँन छोडेको थियो। श्रीदेवीले सिलिकनको छाति सुधार, अनुहार लिफ्ट अप र लेजर छाला शल्यक्रिया गरेकी थिइन्। यो मात्र होइन, उनले पेटको बोसो कम गर्ने उपचार पनि गरेकी थिइन् ।

Must View