नागरिक पोष्ट News


राईलाई हटाएर आचार्यलाई दलको नेता चयन

2K

काठमाडौं । संसद विघटनपछि जारी राजनीतिक तनावकाबीच सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र एक पक्षले अर्कोलाई कारबाही गर्दै आएका छन् । यो बीचमा प्रचण्ड–नेपाल समूहले प्रदेश १ को संसदीय दलको नेताबाट मुख्यमन्त्री समेत रहेका शेरधन राईलाई हटाएको छ ।मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको प्रचण्ड–नेपाल पक्षले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव पनि गरेको थियो । बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई दलको नेता चयन गरेको हो । प्रदेश १ मा नेकपाका ६७ सांसद रहेका छन् । कुल सांसदहरुमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

Must View