नागरिक पोष्ट News


४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस नेपाली कांग्रेसले विभिन्न कार्यक्रम गरी मनाउँदैछ

1.4K

काठमाडौं । ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला लगायतका नेता लामो समय भारतको निर्वासन जीवन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गते हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आइएको छ ।यसै सन्दर्भमा कांग्रेसले बिहीबार यो वर्षको राष्ट्रिय एकता तथा मेलमिलाप दिवस केपी शर्मा ओली नेतृत्वको सरकारको अलोकतान्त्रिक कदमको विरोधका लागि जनतालाई एकत्रित गर्न केन्द्रीत हुने जनाएको छ ।कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले मेलमिलाप दिवस सरकारको अलोकतान्त्रिक कदमविरुद्ध सबै शक्तिलाई एक ठाउँमा उभ्याउनका लागि केन्द्रित हुने बताएका हुन् । 

त्यस्तै पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले ७७ वटै जिल्लामा आमसभा, गोष्ठी, र्याली, कोणसभा लगायतका कार्यक्रम गरी ४५ औँ मेलमिलाप दिवस मनाउन लागेको जानकारी दिए । उनले सबै नेताहरु जिल्लाजिल्लामै भएकाले आफ्नो जिल्लाको प्रतिनिधित्व गर्दै सहभागीता जनाउने बताए । 

Must View