म मर्छु तर उहाँहरुका सपना पूरा हुन दिन्न : ओली
काठमाण्डौं । पार्टी विभाजनको एक साता भन्दा लामो समय पछि नेकपा भित्र प्रचण्ड र माधव समुहको बहुमत रहेको प्रधानमन्त्री केपी ओलीले स्वीकार गरेका छन् । निर्वाचन आयोगमा आफूहरु बहुमतमा रहेको भन्दै चुनाव चिन्ह र आधीकारीक पार्टीको दाबी गरीरहेका बेला ओलीले यो स्वीकार गरेका हुन् ।सुदुरपश्चिम प्रदेश स्तरीय कार्यकर्ताहरुको भेलालाई राजधानीमा संवोधन गर्दै ओलीले एमाले भित्र माधव गुट छ , त्यसमा अर्को गुट प्रचण्ड थपिदा बहुमत पुग्छ भन्ने आफूलाई पहिल्यै थाहा थियो, ओलीले भने ।उनले चिसो भुँईमा माईतीघरमा बस्नु भन्दा चुनावको तयारी गर्न पचण्ड माधव समुहलाई आग्रह गरे ।कुनै पनि हालतमा संसद पुनस्थापना नहुने भन्दै उनले आफू मरे पनि प्रचण्ड माधव नेपालको सपना पुरा हुन नदिने जिकिर गरे ।प्रचण्ड माधवले बहुमतको दुरुपयोग गरेको, प्रचण्ड षड्यन्त्रकारी भएको ओलीको तर्क छ ।ताजा जनादेशमा जाने कुरा लोकतन्त्र बिरोधी हुन नसक्ने ओलीले बताए ।