नागरिक पोष्ट News


नेपाली बजारमा अहिले आलु प्याजको मूल्य सस्तो भएको छ, सस्तो हुनुको कारण भने यस्तो छ

2K

१५ पुस, काठमाडौं । भारतीय बजारमा आलु, प्याज उत्पादन बृद्धि भएसँगै हाल स्थानीय बजारमा आलुप्याजको भाउ सस्तिएको छ। नयाँ आलु र प्याज प्रशस्त उत्पादन भएको समयमा भारतले अन्य वस्तु रोकेर पनि आालु प्याज सहित अन्य तरकारी सहज रुपमा भन्सार पास गरेर पठाइरहेको छ । नेपालमा इन्धनको अभावले तरकारीको खपत घटेको समयमा  भारतीय बजारमा आलु, प्याज उत्पादन बृद्दिभएर नेपालमा सहज आपूर्ति हुँदा केहिदिन यता आलु ,प्याज सस्तिएको छ।

 काठमाडौं कालिमाटी स्थित थोक ब्यबसायि तथा नेपाल आलुप्याज आयात निर्यात तथा थोक बिक्रेता संघका महासचिब प्रकाश गजुरेलका अनुसार हाल भारतियआलु प्रति किलो ३० देखि ३३ र भारतिय प्याज प्रतिकिलो ६५ देखि ७० रहेको छ।

 

 

 

 

Must View