नागरिक पोष्ट News


शेयर बजार सुस्ताउदै आज पौने ४ अर्ब रुपैयाँको शेयर कारोबार

1.8K

काठमाडौं,। सोमबार पौने ४ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ । तीब्र उतार चढावकाबीच ८.५७ अंकले बढेको बजारमा २ सय १४ कम्पनीको ३ अर्ब ८५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

त्यसमा सर्वाधिक हिस्सा नेपाल लाइफ इन्स्योरेन्सको छ । नेपाल लाइफको ३४ करोड ९१ लाख रुपैयाँको किनबेच भएको छ। सोमबार कम्पनीको शेयर २ हजार २ सय २४ रपैयाँमा कारोबार भएको छ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा नागरिक लगानी कोष रहेको छ । कोषको शेयर प्रतिकित्ता ५ हजार ८ रुपैयाँमा किनबेच भएको छ।

आइतबार ४ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबार रकमको खस्कदो अवस्थाले ३३ प्रतिशतले ब्रोकर कमिसन घटे पनि लागनीकर्ताहरु खासै उत्साहि हुन नसकेको प्रष्ट पार्छ । लगानीकर्ताले घटाएको कमिसन रकम कम भएको भन्दै अधिकतम ०.२५ प्रतिशतभन्दा धेरै हुन नहुने माग राख्दै आएका छन् । अर्कोतर्फ ब्रोकरहरु भने कमिसन दर ठीक नभएको र दुई–चार दिनको कारोबार हेरेर मात्रै दर घटाउन नहुने भन्दै नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षण गराएका छन् । यसले लगानीकर्ताहरुमा दुविधा सृजना गरको जानकार बताउछन् ।

यस्तै सबैभन्दा धेरै कमाउनेमा कम्पनीहरुको अग्रस्थानमा नारायणी विकास बैंक छ । सोमबार कारोबारमा आएको १२ समूह मध्ये व्यापार, विकास बैंक र अन्य समूहको परिसूचकमा गिरावट आएको छ भने बाँकी सबै बढेको छ । व्यापार ४८.६५, विकास बैंक १०.२९ र अन्य समूहको परिसूचक ०.९८ अंकले घटेको छ।

सबैभन्दा धेरै बृद्धि भने उत्पादन तथा प्रशोधन समूहमा ९७.७९ अंकको छ ।

Must View