नागरिक पोष्ट News


चर्चित गायक देव कुमार द्रविडको स्वर तथा सुवास जि सी को निर्देशनमा "मनुष्य चोला"

4K

काठमाण्डौं । चर्चित गायक देव कुमार द्रविडको स्वरमा रहेको "मनुष्य चोला" बोलको गीत सार्वजनिक भएको छ । छोटो अवधिमानै गितले दर्शक स्रोताहरुको मन छोएको छ । सार्वजनिक भएको तीन दिनमा नै उक्त गितले लाखभन्दा बढी दर्शकहरुको माया पाउन सफल भएको छ ।  यस गितको निर्देशन सुवास जि सी ले गरेका छन् भने भिडियोमा जि सी स्वयम र मोडेल इस्मृती श्रेष्ठको अभिनय हेर्न पाईन्छ। यो गित एउटा आम मानिसको मनोभावनालाई केन्द्रित गरी रचना गरिएको छ । हरेक मानिसको सपना भनेको आफु सफल व्यक्ति बन्ने नै हुन्छ तर कहीले काही परिस्थिति यस्तो पनि  बनिदिन्छ जहां आफ्ना इच्छा आकांक्षा केही पूरा गर्न नसक्दा आफ्नो जिवन आफैलाई बोझ लाग्दै जाँदा मानिस कस्तो हद सम्म पुग्छ भन्ने कुराको यथार्थ चित्रण गित र भिडियो मार्फत निर्देशकले  दर्शाउन खोजेका छन् ।

सुबास जि सी ले आफ्नो अफिसियल युट्युब च्यानल सुबास फिल्म्स मार्फत उक्त गित सार्वजनिक गरेका छन्। यस गितको शब्द तुल्सी मर्हजनको हो  र गीतको छायांकन देव पुन ले गरेका छन् भने सम्पादन पवित्रा जि सी ले गरेकी हुन् भने यस भिडियो निमार्ण ईन्जोए मुभिज प्रा लि ले गरेको छ ।

Must View