नागरिक पोष्ट News


नेपाली काङ्ग्रेस काठमाडौ क्षेत्र न ६ ले सरकारको विरोधमा तारकेश्वर मनमैजुमा प्रदर्शन

2.8K

वर्तमान सरकारले गरेका जनविरोधी कार्यको विरोध गर्दै  नेपाली काङ्ग्रेस काठमाडौ क्षेत्र न ६ ले सरकारको विरोधमा आज तारकेश्वर मनमैजुमा प्रदर्शन गरेको छ ।सरकारविरोधी नारा लगाउँदै जुलुसले बजार परिक्रमा गरेको थियो । बजार परिक्रमापछि सो र्याली लोकतान्त्रिक चोकमा आएर विरोधसभामा परिणत भएको थियो ।विरोधसभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका नेता कार्यक्रममा नेपाली काङ्ग्रेस नेता एवं पूर्वमन्त्री भिमसेन दास प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमाथि बेइमानी गरेको र जनमत लाई धोखा दिएको आरोप लगाए ।

उनले वर्तमान सरकारले गरेका जनविरोधी कार्यको विरोध काङ्ग्रेसले जारी राख्ने बताए । नेपाली काङ्ग्रेस काठमाडौका सभापति सबुज बहानियाँले सरकारको १ वर्ष निराशामा बितेको भन्दै आधारभूत आवश्यकता पूरा गर्न भन्दा पनि सरकारमा बसेका मन्त्री राज्यको सम्पत्ति दोहन गर्न लागेकाले नेपाली काङ्ग्रेस सडकमा आएको बताए । अब सरकारको दिनगन्ती समेत शुरु भएको उनको भनाइ थियो ।

Must View