नागरिक पोष्ट News


"तँहरुबाट (कथित संसदवादी राजनीतिक दल) लुटिएका महरु (नेपाली जनता)"

2.1K

"तँहरुबाट (कथित संसदवादी राजनीतिक दल) लुटिएका महरु (नेपाली जनता)"

मेरो हजुरबुबा देखि आजसम्म तँहरुले महरुलाई लुटिरहिस्। मेरो हजुरबुबाको २ विगा जमिन आज म सँग १ धुर पनि छैन सबै बहुदल, प्रजातन्त्र, गणतन्त्र र लोकतन्त्रको पक्षमा लड्दा लड्दै सकियो। आज तँलाई मेरो बेदना सुन्ने फुर्सद छैन। तेरो महल हेर्दा मलार्इ रिँगटा लाग्छ। तेरो १९ रोपनीको काठमाडौं को महल, टोयोटा ल्याडक्रुजर गाडि, तेरो एनजीओ, देशकै ठुलो ग्याँस उद्योग, पानी उद्योग, छोरी को नाममा देशकै ठुलो स्कुल, छोराको आफ्नै अस्पताल, छोरा स्वास्थ्य मन्त्री, सासु राजदूत, ज्वाइँ एडिबी मा १० हजार डलर को तलव, साली इजरायल को राजदूत, अर्का ज्वाइँ आफ्नै सल्लाहकार पो भएछ।

तर यता मेरो हजुरबुवा २०४६ सालको आन्दोलनमा बहुदलीय व्यवस्थाको लागि लड्दा सहिद हुनुभयो। मेरो बा प्रजातन्त्र र लोकतन्त्रको लागि र परिवर्तन लागि, विकासकाे लागि, मेरो शिक्षा र स्वास्थ्यको लागि लड्दा लड्दै शिथिल हुनुहुन्थ्यो तर आज हामि माझ हुनुहुन्न। बाको उपचारमा सबै जग्गा सकियो। तेरो आफ्नै अस्पतालमा मेरो बाको उपचार राम्रो होला भनेर मैले जग्गा पनि सबै सके तर बालाई बचाउन सकिन किनकि म संग तेरो अस्पताललाई तिर्न थप पैसा थिएन।

अब मेरी आमा, म, श्रीमती र मेरा १ छोरीका निम्ति आज म अरवको ५० - ५५ डिग्रीको तातो भुमिमा भेडा हेर्न बाध्य छु। तर पनि म तँहरुको विरुद्ध परिवर्तनको विगुल अरबको तातो भुमि बाट फुकि रहेको छु किनकि मेरो छोरीलाई पासपोर्ट बोकाएर फेरि विदेशीन दिने छैन्।

तर तँहरुले बहुदलको नाममा, प्रजातन्त्रको नाममा, गणतन्त्रको नाममा, लाेकतन्त्रको नाममा मलाई तैँले निरन्तर लुटिरहिस्। दलित बनाएर लुटिस, महिला, आदिवासी, जनजाति, गरिवी निवारण आयोग बनाएर लुटिस, आरक्षणको नाममा लुटिस, मेरो देशको नक्सा जालि बनाएर लुटिस, खोला विदेशलाई बेचेर लुटिस, श्रीमती, छोराछोरी, बुहारी, साला, साली, सम्धी, सासुलाई मन्त्री, राजदूत, सल्लाहकार बनाएर लुटिस। जनयुद्धको नाममा, क्रान्तिको नाममा सधैं तैँले लुटिरहहिस्।

एनसेलको कर मिनाहा गरेर लुटिस, लोडसेडिङ गरेर लुटिस, करै कर जनतालाई लगाएर लुटिस, विकास निर्माणको आयोजना ढिलो गराएर लुटिस, प्रधानमन्त्री राहात कोष कार्यकर्तालाई बाडेर लुटिस, भुकम्प पिडित को नाममा लुटिस, सरकार बसेर लुटिस, विपक्षमा बसेर लुटिस ।

तँहरुबाट गराएको धमिजा काण्ड, ३३ किलो सुन काण्ड, यति काण्ड, लाउडा काण्ड, वाइडवढि घोटाला काण्ड, सांसद किनबेच काण्ड, ७० करोड घोटाला काण्ड, एनसेल कर मिनाहा कान्ड, निर्मला वलत्कार र हत्या काण्ड, चरि र घैंटे इनकाउन्टर काण्ड, टनकपुर बाँध काण्ड, महाकाली नदि, गण्डक र कोशी बाँधको असमान सन्धि काण्ड तेरो कर्तुतहरूको कारण महरुलाई पिडा परेको भिडियो तँलाई म बाँचुन्जेल निरन्तर देखाउने छु जेलमा।

तँलाई जेलमा राखेर तेरो कर्तुतहरूको, तेरो लुटको, तैँले गरेको बलात्कारको, हत्याको डकुमेन्ट्री बनाएर तँलाई हरेक दिन देखाउने छु। ४० वटा उद्योगहरू बेचेर लाखौं महरु बेरोजगार बनाएको, मैले मेरी आमा, श्रीमती, लालाबाला मेरो नानीहरू छोडेर ५० - ५५ डिग्रीको तातोमा काम गर्न बाध्य पारेको भिडियो तँलाई हरेक दिन बिहान सबेरै देखि निरन्तर देखाउने छु। तैँले मलार्इ मारेको जसरी म तँलाई मार्ने छैन तर हरेक दिन तँलाई जेलमा राखेर तेरो कर्तुतको भिडियो देखाउने छु। राजनीति कसरी गरिन्छ देखाउने छु। अब तँहरुको अत्याचार महरुले सहने छैन।

जनताबाट ५१ प्रतिशत ले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, राइट टु रिजेक्ट, राइट टु रिकल, दुइ दलिय उन्नत लोकतन्त्र, सांसदहरु मन्त्री र प्रधानमन्त्री हुन नपाउने व्यवस्था, स्वास्थ्य, शिक्षा र आवास निःशुल्क हुने व्यवस्था लागु गराैं ।

जनचेतना को लागि!

- रामराजा अाचार्य

संयोजक

उद्योग वाणिज्य तथा आपूर्ति विभाग

स्वतन्त्र राष्ट्रिय अभियान नेपाल

 

Must View