नागरिक पोष्ट News


जटिल रोगको सबै उपचार राज्यले निशुल्क गर्नुपर्ने माग राख्दै माइतीघरमा स्वास्थ्यकर्मीहरूको धर्ना,

2.5K

काठमाडाैं, जटिल रोगको सबै उपचार राज्यले निशुल्क गर्नुपर्ने माग राख्दै स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघ/संगठनहरुको संयुक्त संघष समितिले माइतिघरमा प्रर्दशन गरेका छन् ।  स्वास्थ्य क्षेत्रका २३ वटा पेशागत संघ संगठनले गत मंसिर ७ गते मन्त्रालय सामु विभिन्न १८ बुँदे माग सहितको ज्ञापन पत्र बुझाउँदै २१ दिनको अल्टिमेटम दिएका थिए ।

उनीहरूले ,काेराेना महामारीमा स्वास्थ्याकर्मीकाे साथ, जनाकाे स्वास्थ्यमाथि सरकारकाे घात’, ‘सरकार ! मलाई पीपीई खाेइ ?’, ‘सरकार स्वास्थ्यकर्मीकाे सुरक्षाकाे जिम्मा कस्काे ?’ लेखिएकाे प्ले कार्डसहित प्रदर्शन गरेका छन् । 

नेपाल चिकित्सक संघ, नेपाल स्वास्थ्यकर्मी संघ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल स्वास्थ्यकर्मी युनियन, अखिल नेपाल प्रतिगतिशील स्वास्थ्यकर्मी संगठन, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन लगायत २३ वटा संघ संगठनले ऐक्यवद्धता जनाएका छन्।

Must View