प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमको विरोधमा जनता समाजवादी पार्टी (जसपा)को जुलुस
1.9K
प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले प्रहरी हस्तक्षेपका बीच शनिबार राजधानीमा मसाल जुलुस निकालेको छ ।
सरकारको ‘असंवैधानिक र अलोकतान्त्रिक हर्कत’ विरुद्ध मसाल जुलुस निकालिएको जसपाले जनाएको छ । बबरमहलस्थित पार्टी कार्यालयबाट मसाल जुलुस निकाल्दै गर्दा प्रहरीले हस्तपक्षेप गरेको थियो । सो क्रममा प्रहरी र जसपाका कार्यकर्ताबीच घम्साघम्सी भएको थियो ।प्रधानमन्त्री ओलीले पुस ५ गते राष्ट्रपति समक्ष प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए भने राष्ट्रपतिबाट सोही दिन प्रतिनिधिसभा विघटन गरिएको थियो ।