नागरिक पोष्ट News


कोरोना बीमाको दाबी भुक्तानी उल्लेख्य रूपमा बढेको छ

1.6K

काठमाडौं, १२ पुस । कोरोना बीमाको दाबी भुक्तानी उल्लेख्य रूपमा बढेको छ । बीमा समितिको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो ।समितिको तथ्यांक अनुसार शुक्रवार (पुस १० गते)सम्ममा कुल १५ हजार ८७९ जना बीमितले दाबी भुक्तानी पाएका छन् ।कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ भएकोबारे गुनासो बढ्न थालेपछि कात्तिक १८ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा कम्पनी र बीमा समितिका प्रतिनिधिलाई दाबी भुक्तानी छिटो अघि बढाउन निर्देशन दिएका थिए। १ हजार ७९१ जनाले मात्र त्यतिबेला कोरोना बीमाको दाबी भुक्तानी पाएका थिए ।सो आधारमा हेर्दा तीन हप्ता अवधिमै १४ हजारभन्दा बढीले कोरोना बीमाको दाबी भुक्तानी पाएको देखिन्छ । हालसम्मको दाबी भुक्तानी रकम भने रू. १ अर्ब ५४ करोड ९३ हजार लाख रहेको छ ।बीमा दाबी भुक्तानीका लागि शुक्रवारसम्म परेका आवेदनमध्ये ७९ वटा भने अयोग्य ठहरिएको बीमा समितिले जानकारी दिएको छ । समितिका अनुसार कोरोना दाबी भुक्तानीका लागि हालसम्म २९ हजार २७० आवेदन परेका छन् ।

Must View