९ जना नयाँ मन्त्री थपिए, ६ जनाको जिम्मेवारी हेरफेर र दुई जना हटे (हेर्नुहोस्)
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार गरिएको मन्त्रिपरिषद् विस्तारमा ८ जना मन्त्री थपिएका छन् भने एकजना राज्यमन्त्री। यस्तै एक मन्त्री र एक राज्यमन्त्रीको पद गएको छ। खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र उद्योग राज्यमन्त्री मोतिलाल दुगडको पद गएको हो।
नयाँ मन्त्री हुनेहरु सबैले शुक्रबार साँझ नै शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका छन्।
शुक्रबार नयाँ थपिएका मन्त्री र जिम्मेवारी यसप्रकार छः
१ टोपबहादुर रायमाझी – ऊर्जा
२ प्रभु साह – शहरी विकास
३ गौरीशंकर चौधरी – श्रम रोजगार तथा सामाजिक सुरक्षा तथा
४ गणेश ठगुन्ना – सामान्य प्रशासन
५ मणि थापा – खानेपानी
६ दाबा लामा – युवा तथा खेलकूद
७ प्रेम आले – वन तथा वातावरण
८ जुली महतो – महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण
९ विमला विश्वकर्मा – उद्योग राज्यमन्त्री
जिम्मेवारी हेरफेरमा परेका मन्त्रीहरु यसप्रकार छन्ः
१ हृदयेश त्रिपाठी – सामान्य प्रशासनबाट स्वास्थ्य
२ कृष्णगोपाल श्रेष्ठ – शहरी विकासबाट शिक्षा
३ भानुभक्त ढकाल – स्वास्थ्यबाट पर्यटन
४ पदमा अर्याल –भूमि व्यवस्थाबाट कृषि
५ शिवमाया तुम्बाहाङफे – कानूनबाट भूमि सुधार
६ लिलानाथ श्रेष्ठ – महिला, बालबालिकाबाट कानून।