नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ३३ प्रतिशतले ब्रोकर कमिसन घटाएको छ
1.4K
काठमाडौं, १० पुस । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ३३ प्रतिशतले ब्रोकर कमिसन घटाएको छ । आगामी आइतबारदेखि कार्यान्वयनमा आउँने गरी समग्रमा ३३ प्रतिशतले ब्रोकर कमिसन घटाइएको हो । अहिलेको ब्रोकर कमिसनमा ३३ प्रतिशत घटेपछि अब ०.२७ देखि ०.४० प्रतिशतसम्म तिर्नुपर्ने व्यवस्था गरेको नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए ।
हाल ब्रोकर कमिसनको रुपमा न्यूनतम ०.४० प्रतिशतदेखि ०.६० प्रतिशतसम्म सेयर खरिदबिक्रीबापत लगानीकर्ताहरुले तिर्दै आइरहेका छन् । सेयर कारोबार गर्दा हाल ५० हजारसम्म ०.६० प्रतिशत, ५० हजारभन्दा माथि ५ लाखसम्म ०.५५ प्रतिशत र ५ लाखदेखि २० लाखसम्म कारोबारमा ०.५० प्रतिशतसम्म लगानीकर्ताले कमिसन तिर्नु पर्ने व्यवस्था छ ।