सिटिजन्स बैंकले महिला उद्यमशिलताको विकास गर्न सहुलियतपूर्ण दरमा १५ लाख रुपैयाँसम्म महिला उद्यमशीलता कर्जा प्रदान गर्ने
1.3K
काठमाडौं । सिटिजन्स बैंकले महिला उद्यमशिलताको विकास गर्न सहुलियतपूर्ण दरमा १५ लाख रुपैयाँसम्म महिला उद्यमशीलता कर्जा प्रदान गर्ने भएको छ ।
सिटिजन्स बैंक र महिला उद्यमी महासंघ बीच अनुदानित महिला उद्यमी कर्जा प्रवाह सम्बन्धी सम्झौता भएको छ । सम्झौता पश्चात महिला उद्यमी महासंघको सिफारिसमा बैंकले महिला उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सहमती भएको छ ।
यस सम्झौताले महिला उद्यमीहरुको पहिचान गर्न बैंकले भोग्नु परेको कठिनाईलाई मत्थर पार्न सहज हुने बैंकले विश्वास लिएको छ ।
हालसम्म बैंकले देशै भरी छरिएका ९८ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।