नागरिक पोष्ट News


एक आपत्तिजनक तस्विरका कारण चर्चित बलिउड अभिनेत्री कङ्गना राणावत आफ्नै फ्यानहरुमाथि भड्केकी छिन्

1.6K

काठमाडौं । एक आपत्तिजनक तस्विरका कारण चर्चित बलिउड अभिनेत्री कङ्गना राणावत आफ्नै फ्यानहरुमाथि भड्केकी छिन् । उनले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई पाठ सिकाउन खोजेको देखिएको छ । पछिल्लो समय आफुलाई संस्कारी अभिनेत्रीका रुपमा परिचित उनलाई उनकैं एक बिकिनी तस्विरका लागि ट्रोल गरिरहेका छन् ।

picture credit Instagram : kanganaranaut

आज उनले एक बिकिनी तस्विरका कारण केहि व्यक्तिहरुले आलोचना गरिरहेका थिए । उक्त तस्विरका कारण आलोचनाको कारण भएपछि उनले त्यस्ता व्यक्तिहरूलाई धर्मको अनुशरण गर्न सल्लाह दिदैँ धर्मको ठेकेदार नबन्न सल्लाह दिएकी छिन् । कङ्गनाले बुधवार बिहान सामाजिक सञ्जालमा मेक्सिको ट्रिपको बिकिनीको फोटो शेयर गरेकी थिइन् ।

उनी समुद्री तटमा बसेकी छिन् । अभिनेत्रीले क्याप्शनमा लेखिन्, ‘शुभ प्रभात साथीहरू । मैले भ्रमण गरेको सब भन्दा रमाईलो ठाउँहरू मध्ये एक हो मेक्सिको । सुन्दर, तर अप्रत्याशित ठाउँ । यहाँ मेक्सिकोको सानो टापु टुलमको फोटो छ ।’

फोटो हेरेपछि, धेरै सामाजिक मिडिया प्रयोगकर्ताहरूले आफ्नो दुःखेसो व्यक्त गरेका थिए । केही प्रयोगकर्ताहरूले तस्विर देखेर रमाइलो पनि मानेका छन् । उदाहरणको लागि, एक प्रयोगकर्ताले उनलाई संस्कृति पाठ सिकायो र उनलाई झाँसीको रानीको चरित्रबाट केहि सिक्नुपर्ने कुरा लेखेका छन् ।

   

 

 

Must View