नागरिक पोष्ट News


स्नातक तह ३ र ४ वर्षे दोस्रो मौका समेत परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम भर्ने बारे त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना

2.3K

काठमाडौं । स्नातक तह ३ र ४ वर्षे दोस्रो मौका समेत परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम भर्ने बारे त्रिभुवन विश्वविद्यालयले अत्यन्तै जरुरी सूचना प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु द्वारा वार्षिक परीक्षा प्रणलीअनुसार २०७७ सालमा सञ्चालन हुने तीन बर्षे र चार बर्षे स्नातक तह दोस्रो वर्षको मानविकी व्यवस्थापन विज्ञान र शिक्षाशास्त्र संकाय अनि चार वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षा दिने व्यवस्थापन विज्ञान र शिक्षाशास्त्र संकायका नियमित तथा आंशिक परीक्षार्थीहरुले र प्राज्ञिक परिषदको स्थायी समितिको मिति २०७६ साउन २३ गते बसेको बैठकको निर्णय नम्बर १६९३० अनुसार तीन वर्षे स्नातक तहको समय सीमा नाघेको अवस्थामा मौका परीक्षा दिने विद्यार्थीहरूको हकमा २०७७ सालको वार्षिक परीक्षामा एकपटकका लागि मौका परीक्षामा सहभागी गराउने निर्णय भएको स्नातक तह ३, ४ वर्षे स्नातक तर्फका नियमित आंशिक र मौका परीक्षा दिने परीक्षार्थीहरुले आफ्नो क्याम्पस कलेजमा र प्राइभेट परीक्षार्थीहरुको सोझै यस कार्यालय वा आफुलाई पायक पर्ने सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा मिति २०७७ साल पुस ९ (आज) देखि मिति २०७७ साल माघ ८ गतेसम्म र दोब्बर दस्तुर म्याद सकिएको एक हप्ताभित्र परीक्षा आवेदन फारम भरी बुझाउन हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

Must View