लामो समयदेखि द्विधामा रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अन्नतः ओलीतर्फ ढल्के
2.6K
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अहिले एक अर्काका नेताहरु तान्ने क्रम जारी रहेको छ । यो बीचमा लामो समयदेखि द्विधामा रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले अन्नतः आफ्नो लाइन स्पष्ट पारेका छन् । उनी प्रचण्डसँगको दशकौं लामो सहयात्रा छोडेर ओलीतर्फ ढल्केका हुन् । कुनै समूहको बैठकमा नगएका बादल बिहीबार बालुवाटारमा जारी बैठकमा सहभागी भएका छन् ।बादललाई ओलीतिर लाग्न नदिन प्रचण्ड र माधव नेपाल समूहले पनि आग्रह गर्दै आएको थियो । यसअघि नै पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा पनि ओली समूहमा लागि सकेका छन् । केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । अर्कोतिर पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक पनि बबरमहलमा बसेको छ ।