नागरिक पोष्ट News


बादलले भने, पछिल्लो राजनीतिक घट्नाक्रम आँधीबेहरीको रुपमा आएको छ, अब हामी बाढी बनेर उथलपुथल ल्याउँछौं

1.9K

काठमाडौ । अन्तिम अवस्थासम्म पदको लागि दाउपेचमा लागेका गृहमन्त्री रामबहादुर थापा बादलले अन्तत प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै साथ दिएका छन् । विहिवार ओली समुहले गरेको बैठकमा सहभागी भएर उनले आफु ओलीसंगै रहेको सन्देश दिएका छन् ।

बैठकमा बोल्दै उनले ओलीको राष्ट्रवादी एजेन्डालाई साथ दिन उनीसँगै रहेको बताएका छन्। राजनीतिक उथलपुथल हुन लागेको टिप्पणी गर्दै त्यसलाई बाढीका बनेर प्रस्तुत हुने बताएका छन् ।

‘पछिल्लो राजनीतिक घट्नाक्रम एउटा आँधीबेहरीको रुपमा आएको छ,’ थापाले भने, ‘यसमा प्रतिक्रान्ति हुनसक्ने संभावना रहेको हुँदा हामी पनि तुफान र बाढीको रुपमा प्रतिक्रान्तिलाई रोक्नुपर्छ त्यसकै लागि हामी नयाँ जनादेशमा जान लागेका हौं।’

मुलुकको गुमेको भूमी फिर्ता ल्याउन पनि ओलीलाई साथ दिन सबैलाई आग्रह समेत गरेका छन् । उनले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाललाई पार्टी विभाजन रोक्न अनुनय विनय गर्दा पनि उनीहरुले नमानेको दाबी गरेका छन् ।

Must View