नागरिक पोष्ट News


बेलायतबाट नेपाल आएकाहरुमाथि नयाँ नियम: अनिवार्यरुपमा १० दिन होटल क्यारेन्टिनमा बस्नुपर्ने

1.7K

काठमाडौं । सरकारले संयुक्त अधिराज्य ९बेलायत०बाट नेपालमा आएका व्यक्ति अनिवार्यरुपमा १० दिन होटल क्यारेन्टिनमा बस्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  विज्ञप्ति जारी गर्दै बेलायतमा नयाँ प्रकारको कोभिड–१९ को प्रजाति देखिएकाले त्यहाँबाट आउने व्यक्ति अनिवार्य १० दिन क्वारेन्टिनमा बस्न अनुरोध गर्नुभएको छ ।

उक्त नयाँ जातको प्रजातिको भाइरसको रोकथाम र नियन्त्रणका लागि यही पुस १ गतेदेखि ७ गतेभित्र बेलायत वा बेलायतको बाटो हुँदै नेपाल प्रवेश गरेका सबै अनिवार्यरुपमा १० दिन होटल क्वारेन्टिनमा बस्नुहुन उहाँले अनुरोध गर्नुभएको छ ।

उहाँले त्यहाँ देखिएको नयाँ प्रजातिको कोभिड–१९ को भाइरसको सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले प्राथमिकतासाथ काम गरिरहेको बताउनुभयो ।

मन्त्रालयका प्रवक्ता डा गौतमले नेपाल प्रवेश गरेको मितिले सात दिनदेखि १० दिनभित्र नजिकको सरकारी स्वास्थ्य प्रयोगशालामा गई पिसिआर परीक्षण गराउनसमेत अनुरोध गर्नुभएको छ ।

Must View